ट्राफिक जरिवानाको भुक्तानी गर्न बैंक जानै नपर्ने, अनलाइनबाट यसरी तिर्न सकिन्छ

0
Shares

ट्राफिक नियम उल्लङ्गन गरे बापतको जरिवाना पनि कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने भएको छ ।

काठमाडौं, महानगरीय ट्राफिक प्रहरी महाशाखाले आजदेखि उक्त सेवा शुभारम्भ गरेको हो। उक्त सेवासँग सम्बन्धित सम्झौता पत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई तथा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिहं प्रधानले हस्ताक्षर गरे ।

उक्त भुक्तानीको लागि सेवाग्राहीले www.connectips.com मा लग इन गरी आफ्नो युजरनेम र पासवर्ड प्रयोग गरी ड्यासबोर्डमा रहेको “सरकारी भुक्तानी” भित्र “नेपाल ट्राफिक पुलिस” छनोट गर्नुपर्ने हुन्छ ।

त्यस पछी भुक्तानी गर्ने आफ्नो बैंक खाता छनोट गरी ट्राफिकले दिएको चिट नम्बर र आर्थिक वर्ष दाखिला गरी सजिलै भुक्तानी गर्न सकिन्छ । यसरि गरिएको भुक्तानी महाशाखाको तोकिएको बैंकमा सिधै जम्मा हुन्छ भने ट्राफिकको सिस्टममा पनि उक्त भुक्तानीको विवरण जान्छ ।

ट्राफिक जरिवानाको भुक्तानी अन्लाईनबाट भए लगतै अब सेवाग्राहीले बैंक शाखा नै पुगेर जरिवाना रकम जम्मा गर्नुपर्ने बाध्यताको अन्त्य भएको छ भने यस सेवालाई आगामी दिनमा एनसीएचएलमा आबद्ध बैंक वित्तिय संस्थाका मोबाईल/इन्टरनेट बैंकिङ्ग एवम् अन्य आबद्ध पिएसपि वालेट मार्पmत पनि भुक्तानी गर्न सकिने गरी विस्तार गरिने जनाइएको छ ।

कनेक्ट आईपिएस ईपेमन्ट प्रणालीमा ५३ बैंक तथा वित्तिय संस्थाहरु सदस्यको रुपमा आबद्ध रहेका छन् ।

हाल यस प्रणाली मार्फत नेपाल सरकारको विभिन्न निकायहरु, महालेखा परीक्षक कार्यालय, आन्तरिक राजस्व कार्यालय, लोक सेवा आयोग, कम्पनी रजिष्ट्रारको कार्यालय, राहदानी विभाग, नेपाल राष्ट्र बैंकको परिक्षाको आवेदन शुल्क, नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, सामाजिक सुरक्षा कोष लगायतका निकायहरुको भुक्तानी संकलन तथा भुक्तानीका कारोबारहरु हुदै आएका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।