जगदम्बा मोटर्सको ‘डाउनलोड एन्ड विन’ का विजेता घोषित


टीभीएस मोटरसाइकल तथा स्कुटरको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सप्रा.लि.ले “डाउनलोड एन्ड विन” अभियानका विजेता घोषणा गरेको छ । उक्त अभियानमा काठमाडौं कुसुन्तीका अनिल प्रधान विजेता बनेका छन् । विजेता प्रधानले टिभिएसको जेष्ट स्कूटर जिेतका छन् ।

टिभीएसको स्टीकर डाउनलोड गरेर विजेता भएका प्रधानलाई कम्पनीका जनरल म्यानेजर–सेल्स एण्ड बिजनेस डेभ्लपमेन्ट दीपक प्रसाद रौनियारले ब्रान्ड न्यू टीभीएस जेष्ट स्कुटरको चावी हस्तान्तरण गरेका छन् ।

उक्त अभियान भाइवरसँगको सहकार्यमा १९ अक्टोवर २०२० देखि तीन महिनासम्म चलेको थियो । यस अभियानमा ग्राहकहरुले भाइवरमा टिभीएस दशैंको आशा नामक स्टीकर डाउनलोड गरेर नयाँ टिभीएस जेष्ट स्कुटर जित्ने अवसर पाएका थिए ।

“हामी नेपालको एक प्रमुख मोटरसाइकल वितरक जगदम्बा मोटर्स टिभीएससँग साझेदारीमा रहेकोमा गर्व गर्दछौं । आगामी दिनमा टिभीएससँगको हाम्रो साझेदारीलाई अझ सुदृढ पार्न अगाडि बढिरहेका छौं र अझ धेरै यस्ता रमाइलो उपहारहरु प्रदान गर्न चाहन्छौं,” एपीएसी राकुटेन भाइवरका वरिष्ठ निर्देशक डेभिड टीसीले भनेका छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।