‘भ्यालेन्टाइन्स–डे’ का लागि उत्कृष्ट उपहार : ओपो ए १५, सस्तो मूल्यमा के के छन् फिचर ?


नजिकिँदै गरेको भ्यालेन्टाइन्स डे लाई लक्षित गर्दै मोबाइल निर्माता कम्पनी ओप्पोले उपहारका लागि उचित मोबाइल सुझाएको छ । राम्रो उपहारका रुपमा मोबाइल फोन प्रदान गर्ने परिपाटी पनि बस्न थालेका बेला भरखरै बजारमा सार्वजनिक एआई ट्रिपल रियर क्यामेरा सेटअप सुसज्जित ओपो ए १५ उपहारका लागि उत्कृष्ट विकल्प हुने ओप्पोले बताएको छ ।

मितब्ययी मूल्यमा अत्याधुनिक फिचर्स सुसज्जित ओपो ए १५ विशेष यूवावर्ग लक्षित फोन हो । पूरुष र महिला दूबैका लागि उपयुक्त यो उपकरण उपहारका लागि कसरी उत्कृष्ट छ त ? यसमा उपलब्ध पाँच उत्कृष्ट फिचर्स :

१. एआई ट्रिपल रियर क्यामेरा र एआई ब्यूटिफिकेशन

ओपो ए १५मा रहेका एआई ट्रिपल रियर क्यामेराले मानिसका साथै तपाई वरपरको विश्वको सटिक तस्विर खिच्न सघाउँछ । प्रयोगकर्ताका सुन्दर पललाई स्पष्टताका साथ सञ्चित गर्न सघाउन यसमा १३ मेगापिक्सेल क्षमताको मुख्य क्यामेरा र ४ सीएम सम्मका क्लोज शट्स खिच्न २ मेगा पिक्सेल क्षमताको माक्रो लेन्सको समेत ब्यवस्था गरिएको छ । पोटे«ट तस्विरमा थप गहिराई दिने सोचका साथ यसमा ब्याकग्राउण्डलाई नेचुरल बोके ईफेक्ट दिने २ मेगापिक्सेलको डेप्थ क्यामेरापनि जडान गरिएको छ ।

दैनिकीका पलहरु कैद गर्न ओपो ए १५मा अझ बढी सुविधाहरु दिइएका छन् । फोनमा रहेको एचडीआर फिचरले प्रयोगकर्तालाई कम प्रकाश वा ब्याकलाइट भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्न सघाउँछ । त्यसैगरी, पोट्रेट बोके फिचरले पोट्रेट तस्विर खिच्दा प्राकृतिक बोके ब्याकग्राउण्डका साथै ६ पृथक पोट्रेट फिल्टर्सपनि उपलब्ध गराउँछ । ड्याजल कलर र एआई सिन रिकग्निशनको संयोजन मार्फत ओपो ए १५ले एआई सिन ईन्ह्यान्समेन्ट सुविधा पनि दिन्छ । यसले २१ विभिन्न प्रकारका ल्याण्डस्केप र सिनिक शट्स ब्यूटिफाई गर्ने क्षमता राख्छ । साथै, रि-अप्टिमाइज्ड फ्रण्ट र रियर फिल्टर्सले १५ स्टाईलिश फोटो फिल्टर्स र १० ब्रिलियन्ट भिडियो फिल्टर्सपनि उपलब्ध गराउँछ ।

ओपो ए १५को ५ एमपी फ्रण्ट क्यामेराले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतामा थप निखार देखाउने विकल्पपनि उपलब्ध गराउँछ । एआई ब्यूटिफिकेशनले स्किन टोन तथा फेशियल फिचर्सलाई लिंग, उमेर र भौगोलिक आधारमा सुधार उपलब्ध गराउँछ ।

२. स्लिक डिजाइनका साथ ६.५२ इञ्चको ठूलो स्क्रिन

गेम तथा भिडियोको पूर्ण मज्जा लिन सकियोस् भन्ने सोचका साथ ओपो ए १५मा ८९% स्क्रिन टू बडी रेसियोका साथमा ६.५२ इञ्चको वाटरड्रप स्क्रिनको प्रयोग गरिएको छ । दृश्यमा स्पष्टताका लागि ओपो ए १५को एचडी+ स्क्रिनले १६००×७२० रिजोल्यूशनको दृश्य सम्प्रेषण गर्छ । साथै, फोनमा एआई कम्फर्ट फिल्टर्स, सनलाइट स्क्रिन र एआई ब्राइटनेस लगायत सुविधापनि उपलब्ध छन् ।

७.९ एमएम मोटाई सहितको ए १५मा समाउन सहजताका लागि थ्रीडी कभ्र्ड बडी र लुक्सलाई अझ आकर्षक देखाउने सोचका साथ म्याट र ग्लसी टेक्स्चर सहितको थ्रीडी कोटिङको प्रयोग गरिएको छ । डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी ओपो ए १५ दूई आकर्षक रंगमा उपलब्ध गरिएको छ ।

३. ४२३० एमएएच ब्याट्री क्षमता

तिब्र गतिको कार्य क्षमताका लागि ओपो ए १५मा ३ जीबी ¥यामका साथमा ३२ जीबी आन्तरिक सञ्चय क्षमता उपलब्ध गरिएको छ । साथै, प्रयोगकर्ताले संगीत, भिडियो तथा गेम्सका लागि आफ्नो आवश्यकता अनुसार यसलाई २५६ जीबीसम्म बढाउन सक्ने सुविधा पनि प्रदान गरिएको छ । फोनमा रहेको मिडियाटेक हेलियो पी ३५ मिडियाटेक हेलियो पी ३५ ओक्टा(कोर प्रोसेशर सहितको ओपो ए १५ले ब्याट्री मितब्ययीताका साथ सहज, तिब्र र विश्वासिलो कार्य सम्पादन सुविधा उपलब्ध गराउँछ ।

फोनमा मेमोरी डिफ्राग्मेन्टेशन २.० सुविधाका साथै फ्रेमबुस्ट र टचबुस्ट सहितको हाइपरबुस्ट २.१ फिचर पनि उपलब्ध गरिएको छ । हाइपरबुस्ट २.१ ले फ्रेम रेट अनुकुलन गर्दै स्थिर तथा इन गेम ग्राफिक्समा न्यून ढिलाई प्रदान गरी टच रेस्पोन्समा सुधार गरी गेम फ्लुएन्सीको मज्जा लिन सघाउँछ ।

मज्जाले एक दिन सहजै टिक्ने ४२३० एमएएच क्षमताको ब्याट्री जडिट ओपो ए १५मा आपतकालिन अवस्थालाई समेत ध्यानमा राखि सुपर पावर सेभिङ मोड फिचर पनि उपलब्ध गरिएको छ । फोनमा औँला वा अनुहारको प्रयोग बाट सहजै अनलकिङ सुविधाको उपभोग गर्न सकियोस् भन्ने सोचका साथ रियर फिंगरप्रिन्ट सेन्सर र एआई फेस अनलक प्रविधि पनि उपलब्ध गरिएको छ ।

४. कलर ओएस ७.२

ओपो ए १५मा विभिन्न सुविधाजनक फिचर्सका साथमा समय सापेक्ष कलर ओएस ७.२ को प्रयोग गरिएको छ । नयाँ फोनमा प्रयोगकर्ताको सहजताका लागि यसमा अद्यावधिक कलर कन्ट्रास्ट सहित डार्क मोड फिचरपनि उपलब्ध छ । थ्री-फिंगर स्क्रलिङ स्क्रिनशटले अब हराइजन्टल मोडका साथमा पीडीएफ डक्यूमेन्ट्सपनि सपोर्ट गर्छ । साथै, आइकन पुल डाउन जेस्चर र स्मार्ट साइडबार जस्ता सहजता उपलब्ध गराउने फिचरपनि फोनमा समाहित गरिएका छन् । एउटै ल्यान कनेक्शन भएका स्थानमा साथीहरु भेला भइरहेका बखत एउटै गीतको मज्जा एकसाथ सबैले आ(आफ्नो फोनमा लिन सघाउने उपयोगी म्यूजिक पार्टी फिचरपनि फोनमा उपलब्ध गरिएको छ ।

५. मितब्ययी मूल्य

भरखरै सार्वजनिक ओपो ए १५ उपभोक्ताले डायनामिक ब्ल्याक र मिस्ट्रि ब्ल्यू गरी दूई आकर्षक रंग मध्येबाट आफ्नो चाहना अनुसार फोनको छनोट गर्न सक्छन् । फोनमा ३ जीबी ¥याम र ३२ जीबी रोमको ब्यवस्था गरिएको छ । ओपो ए १५को बजार मूल्य १८ हजार ५ सय ९० निर्धारण गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।