वीरगञ्जमा खुल्यो हार्ट एण्ड सुपर स्पेसियालिटी पोलिक्लिनिक


वीरगञ्जमा मटुसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि ‘वीरगञ्ज हार्ट एण्ड सुपर स्प्यासिलिटी पोलिक्लिनिक’ले सेवा शुरू गरेको छ ।

क्लिनिकको पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बिहीबार पोलिक्लिनिकको उद्घाटन गरेका थिए ।

मुटुसम्बन्धी समस्याको सहज उपचारलाई लक्षित गरेर सेवा शुरू गरिएको पोक्लिनिकका सञ्चालक डा. मधु गुप्ताले बताईन । बिरामीहरूलाई सहज र सुलभ रुपमा विशेषज्ञसहित सेवा प्रदान गरिने सञ्चालक डा. गुप्ताले जानकारी दिए ।

पोलिक्लिनिकमा मुटुसम्बन्धी उपचारमा टीएमटी, पीएफटी, इको, एबीपी मोनिटरिङलगायतको सेवा दिइने छ । पोलिक्लिनिकले विशेषज्ञ डाक्टरहरूद्वारा मुटुसम्बन्धी सबै उपचार सेवा, मधुमेह, थाइराइड, स्त्री रोग, पेटसम्बन्धी समस्या, फोक्सोको जाँच र नशा रोगको उपचारको प्रबन्ध मिलाएको डा. गुप्ताले बताईन ।

बाल तथा शिशु रोग विशेषज्ञबाट नवजात शिशु र बाल रोगको पनि उपचार हुने पोलिक्लिनिकले जानकारी दिएको छ । विरामीलाई सहज रुपमा उपचारका लागि पोलिक्लिनिक परिसरमै प्याथोजी ल्याव र फार्मेसीको पनि व्यवस्था मिलाइएको छ ।

पोलिक्लिनिकले उपचारमा नयाँ प्रविधि र विशेषज्ञतालाई विशेष जोड दिइएको बताएको छ । वीरगञ्जबाहिरका विशेषज्ञ डाक्टरहरूबाट पनि बिरामीलाई सेवा प्रदान गर्ने व्यवस्था मिलाउने योजना पनि बनाएको छ ।