अनियमित रुपमा अभिकर्ताको लाइसेन्स वितरण गर्दा विकृति मौलायो

0
Shares

पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले अनियमित रुपमा बीमा अभिकर्ताको लाइसेन्स वितरण गर्दा बीमा क्षेत्रमा विकृति फैलिएको बताएका छन् ।

संघका अध्यक्ष तिवारीले बीमा समितिका नवनियुक्त अध्यक्षको पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अनियमित रुपमा लाइसेन्स दिने प्रवृतिलाई रोक्नुपर्ने धारणा राखेका हुन् ।

बीमा कम्पनीहरुमा जथाभावी लाइसेन्स बाँड्ने प्रचलनमा रोक लगाई बीमा समितिको उपस्थितिमा अभिकर्ताहरुको तालिम सञ्चाल गरिनुपर्ने उनले बताए । अन्यथा जनसंख्या भन्दा बढी बीमा अभिकर्ताको संख्या हुनसक्ने कुरामा उनले जोड दिएका छन् ।

अभिकर्ताहरुले तालिम विना नै सजिलै लाइसेन्स दिने प्रवृति कम गरिनुपर्ने अन्यथा यसले बीमा क्षेत्रमा विकराल अवस्था सिर्जना हुन सक्ने उनले बताए । पछिल्लो समय बीमा अभिकर्ताको लाइसेन्स लिनेको संख्या ५ लाख पुगेको छ र अहिलेको शैलीमा लाईसेन्स बाँड्दै जाने हो भने अभिकर्तालाई आफ्नो दैनिकि चलाउन हम्मे पर्ने कुरामा समेत उनले बताए ।

उनले नेपालमा रहेको ३ करोड जनसंख्यामा ५ लाख अभिकर्ताहरु रहेको बताउँदै १ जना अभिकर्ताको भागमा ६० जना पर्ने बताउँदै विस्तारै अभिकर्ताकै रोजगारी धरापमा पर्ने बताए ।

उनले बीमा समितिलाई लाइसेन्स बाड्ने अखडा नबनाउन समेत आग्रह गरे र्। ड्राइभिङ नसिकेको ड्राइभरलाई लाइेन्स दिँदा जसरी दुर्घटना हुन्छ, त्यसरी बीमा अभिकर्ताहरुलाई राम्रो तालि नदिईकन, दक्ष नबनाईकन तालिम दिँदा धेरै विकृति आएको छ । तालिम नदिई, दक्ष नबनाई लाइसेन्स दिने थलो बीमा समिति हुनु हँुदैन उनले भने ।

  • नेपाली जनतलाई बीमा गर्न बीमाशुल्क महङ्गो भयो

कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष तिवारीले बीमाशुल्क रकम समेत कम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।
नेपाली जनतामा बीमा गर्न बीमाशुल्क निकै महङ्गो रहेको र कसरी सबै नेपाली जनतामा बीमा पुग्न सक्छ भन्ने कुरामा छलफल गर्नुपर्ने उनले बताए । नेपाली जनताले कसरी सस्तो मूल्यमा बीमा गर्न पाउँछन् यस बारेमा नयाँ अध्यक्षले सोच्नुपर्ने उनले बताए ।

निर्जीवन बीमा व्यवसाय तर्फ हरेक घरको बीमा गर्न आवश्यक छ, हरेक पशुको बीमा गर्न आवश्यक छ, हरेक व्यक्ति को दुर्घटनाको बीमा गर्न आवश्यक छ, घर गाडी सबैको बीमा आवश्यक छ ।’ उनले भने ।

निर्जीवन बीमा व्यवसायमा लोन राखेर लोनको लागि मात्रै बीमा गर्ने चलनलाई फराकिलो बनाउन आवश्यक रहेको उनले बताए । सबै नेपालीको घरको बीमा गर्नका लागि, सबै कलकारखानको बीमा गर्नका लागि निर्जीवन बीमा कम्पनी तर्फ अभिकर्ताहरुले काम गर्न पाउने अवसर सिर्जना गर्न उनले आग्रह गरे ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।