आशा लघुवित्तको लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम


आशा लघुवित्तले शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लेखा तथा कर्जा जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।

२०७७ माघ २५ र २६ गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित ५५ वटा शाखा कार्यालयहरुमा कार्यरत ५५ जना फिल्ड कर्मचारीहरुको सहभागीता थियो ।

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृति प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘‘बिपन्नका निम्ति आशा‘‘ भन्ने मुल नाराका साथ ककनी – ६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भाद्र १५ गतेबाट कारोबार शुरु गरेको हो ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुका ५५ शाखा कार्यालयहरु मार्फत करीब ६० हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । ३ अर्ब २५ करोड कर्जा लगानी गरेको लघुवित्तले सदस्यहरुबाट १ अर्व ७ करोड भन्दा बढी निक्षेप संकलन गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।