‘भ्यालेन्टाइन्स डे’ मा एनएमबि बैंकका ग्राहकले छुट पाउने


एनएमबि बैंकले भ्यालेनटाइन्स सप्ताहको अवसरमा आफ्नो भिजा कार्डहरु प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान सुलभ किस्ता दरमा खरिद गर्नुको साथै छुटको अफर ल्याएको छ ।

यसका लागी बैंकले विभिन्न रेष्टुरेण्ट, केक सपमा कुनै सामान खरिद गर्दा १० प्रतिशत छुट प्रदान गर्ने जनाइएको छ ।

बैंकले विभिन्न अवसरमा यस्ता आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गर्दै आइरहेको छ ।

छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेवसाईटमा रहेको भिसा कार्ड डिस्काउण्ट सेक्सनमा उपलब्ध हुने जनाएको छ ।

एनएमबि बैंकले हाल देशभरी १८० शाखा, १३६ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

 

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।