नेपाल बङ्गलादेश बैंकले सुरु गर्यो किसान कृषि लोन कार्ड योजना


नेपाल बंगलादेश बैंकले किसानलाइ सहज रुपमा कर्जा उपलब्ध गराउन कृषि लोन कार्ड योजना सुरु गरेको छ ।

नेपाल बङ्गलादेश बैंक, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि. मकवानपुरगढि गाँउपालिका र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समिति विच सहकार्य गरी किसान कृषि लोन कार्ड को योजना सुरु गरेको हो । मकवानपुरगढि गाँउपालिका स्थित कृषकहरुले पशुपालन, पन्छिपालन तथा तरकारी–फलफुल उत्पादन मुलक कृषि व्यवसाय÷उद्यम गर्नका निमित्त आवश्यक वित्तिय, प्रावधिक, बजार व्यवस्थापन तथा विभिन्न भुमिका समन्वय गरी साना स्तरका कृषकलाई व्यवसायीक कृषिमा व्यवस्थीत गर्ने उद्देश्यले योजना सुरु गरिएको बैंकले जनाएको छ ।

उक्त संझौता नेपाल बङ्गलादेश बैंक लि को तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंह, आर एण्ड डि. इनोभेटिभ सोलुसन प्रा.लि को तर्फबाट सुनिता न्हेम्हाफुकी, मकवानपुरगढि गाँउपालिकाको तर्फबाट गाँउपालिका अध्यक्ष विदुर हुृमागाई र मकवानपुरगढि गाउँपालिका सहकारी समान्वय समितिका सह संयोजक कल्पना श्रेष्ठले चौ पक्षिय सम्झौता गरेका छन् ।

हालसम्म बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८२ वटा एटीएमबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।