नेपाल इन्भेष्टमेण्ट बैंकद्धारा के टू हिमालका आरोही सम्मानित


नेपाल इन्भेष्टमेण्ट बैंकले विश्वको दोस्रो अग्लो हिमाल के टू को आरोही समुहलाई सम्मान गरेको छ ।

बैंकको मुख्यालयमा आयोजित कार्यक्रममा बैंकले आरोहीहरुलाई सम्मान गरेको हो ।

निर्मल पूर्जा को नेतृत्वमा १० नेपाली आरोहीहरूको टोलीले हिउँदमा विश्वको दोस्रो अग्लो हिमाल के टू आरोहण गरि विश्व किर्तिमान कायम गरेको थियो । सीएसआर रणनीति अनुरूप बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे, बोर्डका सदस्यहरू र वरिष्ठ व्यवस्थापकहरूले १० नेपाली आरोहीहरूलाई १० लाख रुपैंइा नगद सहित सम्मान गरेका हुन् ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८३ शाखा, १२८ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५९ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् सेवा प्रदान गर्दै आएको छ ।

पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंक अन्तर्राष्ट्रिय प्रकाशन युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।