डिशहोमको ‘डिलर दाइको डिस्काउण्ट अफर’ माघ ३० देखि बन्द हुँदै


डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सुरु गरेको ‘डिसहोममा डिलर दाइको डिस्काउण्ट’ आमक अफर समापन हुन लागेको छ ।

हालसम्म ९० जना ग्राहकले १ लाख रुपैंयाका दरले नगद जितेको उक्त योजनामा वार्षिक रिचार्जमा आकर्षक छुट समेत उपलब्ध गराइएको डिसहेमले जनाएको छ ।

२०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब केहि दिन मात्र सञ्चालन हुने डिशहोमले जनाएको छ ।

२०७७ माघ २९ गते सम्म रिचार्ज गर्ने सेवाग्राहीलाई मात्र उपहार योजनामा सहभागि गराइने बताइएको छ । उक्त दिनसम्म डिसहोम रिचार्ज गर्ने सेवाग्राही योजनाको अन्तिम लक्की ड्र मा सहभागि हुन पाउने छन् ।

यसका अलावा साप्ताहिक लक्की ड्र मा समेत सहभागि हुन सकिने विज्ञप्तिमा उल्लेख छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।