लक्ष्मी बैंकको १२६ औं शाखा सर्लाहीको मलंगवामा


लक्ष्मी बैंकले सर्लाही जिल्लाको मलंगवामा १२६ औं शाखा संचालनमा ल्याएकोे छ ।

यो शाखा मार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यो नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२६ शाखा, ६ एक्सेन्शन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५६ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्ट छन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।