एलआईसी नेपालले तोक्यो साधारण सभा र बुकक्लोज मिति

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले १८ औं वार्षिक साधारण सभा र बुकक्लोज मिति तय गरेको छ ।

यसअघि फागुन २५ गते आयोजना गर्ने निर्णय गरेको सूचना नेप्सेलाई उपलब्ध गराएको कम्पनीले बिहीबार साधारण सभाका एजेण्डा सहित नक्सालस्थित एलआईसी शिक्षालय हलमा बिहान १०ः३० बजे १८ औं वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनी सञ्चालक समितिको बैठकले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन ७ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन ६ गते बिहीबारसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन लाभांश पाउन योग्य हुनेछन् ।

सभाले सञ्चालक समितिले आर्थिक वर्ष २०७५/७६ बाट वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशतले हुन आउने बोनस शेयर र बाँकी ०.५२३३ नगद गरी कुल १०.५२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।

यसैगरी सभामा आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण तथा सञ्चालक समितिलाई प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्न अख्तियारी दिे लगायतको एजेण्डाहरु सामावेश गरिएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।