एशियन लाइफको खुद बीमाशुल्क ३८.५०% ले बढ्यो, नाफामा पनि आकर्षक सुधार

0
Shares

एशियन लाइफ इन्स्योरेन्स (ALICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३८.५० प्रतिशतले खुद बीमाशुल्क संकलन बढाएको छ ।

कम्पनीले पुस मसान्तसम्ममा ३ अर्ब १६ करोड ६२ लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको हो । गत आवको यसै अवधिमा कम्पनीले २ अर्ब २८ करोड ६० लाख ५६ हजार रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार २७.९३ प्रतिशतले बढेर २४ अर्ब ७१ करोड ३५ लाख ३२ हजार रुपैयाँको छ । यस्तै, महाविपत्ति कोष ५ करोड ५२ लाख रुपैयाँबाट बढेर ७ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

पुस मसान्तसमा एशियन लाइफले १७ करोड ६० लाख ५४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ४५.०२ प्रतिशतले बढी हो । गत आवको यसै अवधिमा कम्पनीले १२ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा

चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १७.५१ रुपैयाँ छ । जगेडा कोषमा ७२ करोड ३१ लख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १३९.८८ रुपैयाँ छ ।

पुस मसान्तसमा कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट ९५ करोड ७५लाख रुपैयाँ आम्दानी गरेको छ । जुन समीक्षा अवधिको तुलनामा ३४.४० प्रतिशतले बढी हो । यस्तै, कम्पनीले बीमालेख धितोमा कर्जा १२ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।  यस अवधिमा एशियन लाइफले अभिकर्ता कमिशन वापत ३८ करोड ६९ लाख रुपैयाँ खर्चेको छ । गत वर्षको यसै अवधिमा कम्पनीले अभिकर्ता कमिशन वापत २५ करोड ९५ लाख रुपैयाँ खर्चेको थियो ।

चालु आवको ६ महिना अवधिमा कम्पनीले ३ अर्ब १७ करोड २२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । त्यस्तै, कम्पनीले हालसम्म ३ लाख ९ हजार ६१० वटा बीमालेख जारी गरेको छ ।

कम्पनीले ७ हजार ५१० वटा दाबी वापत २ अर्ब ८ करोड ५९ लाख ९९ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । कम्पनीले ९७ वटा बीमा दाबी वापत ३ करोड ६० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।