एलआइसी नेपालको व्यवसाय २५% ले बढ्यो, बीमा कोषमा ७४ अर्ब धेरै

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआइसी) ले खुद बीमाशुल्क २४.९२ प्रतिशतले बढाएको छ ।

पुस मसान्तसम्ममा कम्पनीले ९ अर्ब ६१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

गत आवको सोही अवधिमा कम्पनीले ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीको जीवन बीमा कोष पनि २१.५२ प्रतिशतले बढेर ७४ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । गत वर्षको यहि अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार ६१ अर्ब रुपैयाँको थियो ।

कम्पनीले यस अवधिमा खुद नाफा ५०.५३ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले पुस मसान्तसम्ममा ११ करोड ५६ लाख ६४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको हो । कम्पनीले लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब ६२ करोड ५० लाख आम्दानी गरेको छ ।

चुक्ता पूँजी २ अर्ब एक करोड रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५.७५ रुपैयाँ छ । जगेडा कोषमा ६३ करोड ४० लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४३.३ रुपैयाँ छ ।

कम्पनीले यस अवधिमा अभिकर्ता कमिशन वापत १ अर्ब १ करोड ३५ लाख रुपैयाँ खर्चेको छ । कम्पनीले हाले ७ लाख ६ हजार वटा पोलिसी संख्या बिक्री गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।