राष्ट्रिय बीमा कम्पनीको खुद बीमाशुल्कसँगै नाफा घट्यो, गत वर्षभन्दा आधा कम

0
Shares

राष्ट्रिय बीमा कम्पनी (RBCL) ले खुद बीमाशुल्क र खुद नाफा दुबै घटेको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको खुद बीमाशुल्क घटेसँगै नाफा पनि घटेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्मको अवधिमा खुद नाफा ५६.३० प्रतिशतले घटेको छ । कम्पनीले १३ करोड ७४ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

कम्पनीले पुस मसान्तसम्ममा १२ करोड ८७ लाख ७७ हजार रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको सोही अवधिसमा कम्पनीले १४ करोड ४८ लाख १ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत आवको सोही अवधिको तुलनामा कम्पनीको खुद बीमाशुल्क संकलन रकम ११.०६ प्रतिशतले थोरै हो ।

चुक्ता पूँजी २६ करोड ६६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १०३.०६ रुपैयाँ रहेको छ । जगेडा कोषमा ३ अर्ब रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रति शेयर नेटवर्थ १२३९.०१ रुपैयाँ छ । कम्पनीको बीमा कोषमा २ अर्ब ३१ करोड ८७ लाख रुपैयाँ सञ्चित रहेको छ ।

यस अवधिसम्ममा कम्पनीले २ हजार १५१ वटा दाबी वापत ५ करोड ५ लाख ७८ हजार रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले १ हजार ४० वटा दाबी वापत ३ करोड ८० लाख २१ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।