केएल टावरमा भ्यालेन्टाइन लक्षित मेला सुरु, फागुन ८ सम्म चल्ने, ५० प्रतिशतसम्म छुट


चाबहिलस्थित सपिङ मल केएल टावरमा भ्यालेन्टाइन डे लक्षित सामानहरुको खरिदमा ५० प्रतिशत छुटको अफरसहित शुक्रबारदेखि नौ दिने मेला सुरु भएको छ ।

फागुन ८ गतेसम्म चल्ने मेलामा ४० वटाभन्दा बढी आउटलेटहरु छन्। यहाँ बालबालिकादेखि वयस्कसम्म सबै उमेरका लागि लुगा-कपडाहरु बिक्रीमा राखिएका छन् । सामानहरुका कम्पनी र ब्रान्डअनुसार ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

मेलामा इलेक्ट्रोनिक्स सामानहरुका पनि स्टल छन् । मोबाइल, घडी र ब्यागहरुमा पनि छुटको अफर छ। मेलामा पुग्नेका लागि बिभिन्न इभेन्टहरु पनि राखिएको छ । यसमा ग्राहकले ५ हजारभन्दा बढी मूल्यका सामान खरिद गर्दा दुई वटा फिल्म टिकट पाउने व्यवस्था छ ।

भ्यालेन्टाइन डेलाई लक्षित इभेन्टमा कस्टमरका लागि गुलाफका फूल, बेलुन र क्यान्डीहरु फ्रीमा बाँडिएको छ। बच्चाहरुका लागि फेस पेन्टिङ पनि राखिएको छ ।

मलमा १२ बजेपछि ग्राहक अन्तरक्रिया कार्यक्रमहरु पनि छ। यस इभेन्टसका लागि भ्याली एक्सप्रेसले ५० प्रतिशत छुटका कुपनहरु राखेको छ ।

कोभिडका कारण लामो समयसम्म मलहरुमा कुनै पनि इभेन्टहरु सञ्चालन भएका थिएनन्। जसले गर्दा भ्यालेन्टाइनको अवसर पारेर मलमा विशेष छुटसहितको इभेन्ट गरेको केएल टावर मलका मार्केटिङ म्यानेजर हिरामणि तिमिल्सिनाले बताए ।

मललाई सिंगारिएको छ। स्टलहरूमा बेलुन राखिएका छन्। ग्राहकका लागि मलमा आउँदा रमाइलो वातावरण बनाउन आकर्षक सजावट गरिएको छ ।

कोभिडले प्रभाव पारेको व्यवसायलाई न्यु नर्मलतर्फ फर्काउन भ्यालेन्टाइन डेको अवसर पारेर कार्यक्रमहरू आयोजना गरिएको तिमिल्सिनाले बताए । ‘नौदिने मेलामा ग्राहकले छुटका अफरको राम्रो लाभ लिन सक्छन्,’ उनले भने ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।