नेशनल लाइफ इन्स्योरेन्सको बीमाशुल्क ४१% ले बढ्यो

0
Shares

नेशनल लाइफ इन्स्योरेन्स (NLICL) ले चालु आर्थिक वर्ष २०७७।७८ को दोस्रो त्रैमाससम्ममा खुद बीमा शुल्क ४०.९९ प्रतिशतले बढाएको छ ।

चालु आवको दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५ अर्ब ४८ करोड १३ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ । गत आवको यसै अवधिमा कम्पनीले ३ अर्ब ८८ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड ६५ लाख २ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ०.२६ प्रतिशत अर्थात ६ लाख ३२ हजार रुपैयाँले बढी हो । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनीले २३ करोड ५८ लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्ममा इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २ करोड ६८ लाख रुपैयाँ, लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ३९ करोड ५ लाख रुपैयाँ र बीमालेख धितोमा कर्जाबाट २५ करोड ६५ लाख रुपैयाँ आम्दानी गरेको छ ।

चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी १५.३४ रुपैयाँ छ । जीवन बीमा कोष ३८ अर्ब १ करोड १३ लाख, जगेडा कोषमा एक अर्ब २४ करोड ८६ लाख रुपैयाँ सञ्चित रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १४९.६८ रुपैयाँ रहेको छ । यस्तै महाविपत्ती कोषमा ३० करोड २५ लाख रुपैयाँ सञ्चित छ ।

कुल ९ लाख ३ हजार ९६० वटा बीमालेख कायम रहेको इन्स्योरेन्सले ५ अर्ब ५४ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले ११ हजार ८० वटा दाबी बापत १ अर्ब ७१ करोड ७३ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, ४० करोड ७१ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।