सिद्धार्थ बैंकको ‘जेन जेड बचत खाता’, ५ लाखको बीमा निशुल्क


सिद्घार्थ बैंकले नयाँ पुस्तालाई लक्षित गर्दै सिद्घार्थ जेन जेड बचत खाता सञ्चालनमा ल्याएको छ । ई।सं १९९५ र सो भन्दा पछि जन्म भएका युवा पुस्ताले शुन्य मौज्दातमा यो बचत खाता खोल्न सक्ने बैंकले जनाएको छ ।

सिद्घार्थ जेन जेड बचत खाता ग्राहकहरुको माझ बचत सँगसँगै सहज तथा सरल बैैंकिङ्गको अनुभुति गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको र अनलाइन मार्फत पनि खोल्न सकिने, आकर्षक ब्याजदर सहितको सुविधा सम्पन्न प्रिमियम बचत खाता हो । यस खातामा ५ लाखसम्मको पूर्ण शारीरिक अशक्ततारदुर्घटना मृत्यु बीमा सुविधा समेत प्रदान गरिने बैंकले जनाएको छ । बीमा सुविधा दाबी गर्नका लागि भने ग्राहकहरुको खातामा न्युन्तम मौज्दात १० हजार रुपैंया हुनुपर्नेछ ।

सिद्घार्थ जेन जेड बचत खाता खोल्ने सेवाग्राहीले निम्नअनुसारका सुविधाहरु पाउने छन् :

– डेबिट कार्ड (पहिलो २ वर्षका लागि)
– क्रेडिट कार्ड (पहिलो १ वर्षका लागि)
– इन्टरनेट बैैंकिङ्ग (पहिलो २ वर्षका लागि)
– मोबाईल बैैंकिङ्ग (पहिलो २ वर्षका लागि)
– डिम्याटरमेरो सेयर र सिआस्वा (पहिलो २ वर्षका लागि)
– एसएमएस अलर्ट
– बैंकस्मार्टमा आईपिओ, एफपिओ, हकप्रद सेयर र म्युचल फन्ड अलर्ट
– भाईबर बैैंकिङ्ग, एनी ब्राञ्च बैंकिङ सर्भिस, खाताको स्टेटमेन्ट
– ई-कमर्स कारोबार (नेपाल भित्रको लागि मात्र)
–  कनेक्ट आईपिएस रजिष्ट्रेशन ।

साथै यस बचत खातामा डिमान्ड ड्राफ्ट जारी शुल्कमा ५०५ छुट, शैक्षिक कर्जाको प्रशासनिक शुल्कमा ०।२५५ छुट र सिद्घार्थ बैंक स्मार्ट एप मार्फत पहिलो रिचार्ज गर्दा ५५ छुटको सुविधा योजनामा छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।