शेयर बजारमा बैंकहरुको लगानी पहिलो त्रैमासको तुलनामा दोस्रोमा ४३% ले बढ्यो

0
Shares

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रीक नीति मार्फत खुकुलो गरेको शेयर धितो कर्जा, ओभरड्रफ्ट लगायतका व्यक्तिगत प्रकृतिका कर्जा प्रबाह उच्च दरमा बढेको भएपनि सामान्य रुपमा लिएको छ ।

कोरोना भाइरसका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई चलायमान बनाउने र सोही अनुसारको मौद्रिक नीति अबलम्बन गर्ने भन्दै आएको भएपनि दिर्घकालीन नहुने संङका बढ्दै गएको हो । पछिल्लो समयमा बैंक वित्तीय संस्थाले दोहोरो माध्यमवाट शेयर तथा घरजग्गामा लगानी गरेको अवस्था छ । बैंक तथा वित्तीय संस्थाले जारी गर्ने कर्जा तथा संस्था आफैले यस्ता क्षेत्रमा लगानी बढाएको देखिन्छ । तरपनि केन्द्रीय बैंंकले यस सन्दर्भमा नदेखे जस्तो गरेको छ ।

केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत शेयर तथा ओभरड्राफ्टमा अप्रत्यक्ष रुपमा नियन्त्रण गरेको भएपनि अर्धबार्षिक समिक्षाले सो क्षेत्रमा बढेको लगानीको सन्दर्भमा नजर अन्दाज गरेको देखिन्छ ।

गत आर्थिक वर्षको असारसम्ममा मार्जिन प्रकृतिको कर्जा ५० अर्ब ४१ करोड रुपैयाँ रहेकोमा असोजसम्ममा आइपुग्दा करिब ९ अर्ब रुपैयाँले बढेर ५९ अर्ब ४० करोड पुगेकोे थियो ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पहिलोको तुलनामा करिब ४३ प्रतिशत अर्थात १६ अर्ब ३० करोड रुपैयाँले बढेर ७५ अर्ब ७० करोड ३० लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको पुससम्ममा बैंक तथा वित्तीय संस्थाहरुले ४५ अर्ब ६७ करोड रुपैयाँ मार्जिन प्रकृतिको कर्जा प्रबाह गरेका थिए ।

चालु आर्थिक वर्षको पुससम्मको कर्जा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने ६५ प्रतिशतले धेरै हो । यसले पनि शेयर बजारमा बैंक वित्तीय संस्थाको कर्जा मार्फतको लगानी बढेको स्पष्ट हुन्छ । त्यति मात्र नभई बैंक वित्तीय संस्था आफैले पनि धितोपत्रको दोस्रो बजारमा शेयर कारोबार गर्ने गरेका छन ।

त्यसैगरी चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंक/वित्तीय संस्थाले ओभर ड्राफ्ट ५ खर्ब ५४ अर्ब ९ करोड रुपैयाँ बरावरको कर्जा प्रबाह गरेका छन् । गत आर्थिक वर्ष अर्थात २०७६/७७ पुससम्ममा बैंक वित्तीय संस्थाहरुले ४ खर्ब ८० अर्ब २५ करोड रुपैयाँ बरावरको कर्जा प्रबाह गरेका थिए ।

ओभरड्राफ्ट मार्फत लिइएको कर्जा पनि अधिकासं जग्गा र शेयर बजारमा नै परिचालन हुने गरेको देखिन्छ । यस्तो अवस्थामा पनि केन्द्रीय बैंकले लिएका नीति अर्थतन्त्रलाई सहयोग गर्ने खालका रहेको दावी गर्भनर महाप्रसाद अधिकारीको छ । अधिकारीका अनुसार चालु आवको तेस्रो त्रैमासमा पनि घर जग्गा र शेयर बजारमा लगानी बढ्ने अवस्था रहेको देखिन्छ ।

यसले बैंकिङ प्रणालीको पैसा इजी मनि निर्माणका लागि अनुत्पादक तर्फ गएकोे छ । तर, गर्भनर अधिकारी भने बैंक वित्तीय संस्थालाई शेयरमा लगानी गरेको सन्दर्भमा कानुनले दिएको अधिकार प्रयोग गरेर कमाएको अवस्थमा डाहा गर्न नहुने बताउदै कनुन विपरीत गरेको भए कारबाही गर्ने तर्क गर्छन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।