पछिल्लो दुई दिनमा सुनको मूल्य प्रतितोला १७ सय रुपैयाँले घट्यो

0
Shares

बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलाको ६ सय रुपैयाँले घटेको हो । पछिल्लो दुई दिनमा सुनको मूल्य एक हजार ७ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार २ सय रुपैयाँ, तेजावी ८८ हजार ७५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३५ रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाला सुन तोलाको ८९ हजार ८ सय रुपैयाँ, तेजावी ८९ हजार ३५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।

मग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।