प्रभु बैंकद्धारा सिन्धुलीको भानुभक्त मा.बि. लाई कम्प्युटर सहयोग


प्रभु बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुली जिल्लास्थित भानुभक्त माध्यमिक विद्यालयलाई शैक्षिक गतिविधिमा सहजता ल्याउनका लागि १० थान कम्प्युटर, ३ थान प्रिन्टर र स्क्यानर उपलब्ध गराएको छ ।

भानुभक्त माध्यमिक विद्यालय तिनकुना, सिन्धुलीमा आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरलले विद्यालयलाई उक्त सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।

बैंकद्धारा हस्तान्तरित कम्प्युटर तथा प्रिन्टरको माध्यमबाट भानुभक्त माध्यमिक विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रमा सहयोग उपलब्ध गराउँदै विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउँदै आएको प्रभु बैंकले आगामी दिनहरुमा आप्mनो सामाजिक क्रियाकलापलाई निरन्तरताको लागि बैंक प्रतिबद्ध रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।