क्लासिक टेकको १०० औं आउटलेट कलंकीमा, वर्ष दिनको सेवा नवीकरण गर्दा छुट


नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले आफ्नो नयाँ आउटलेट कलंकीमा बिस्तार गरेको छ । कम्पनीले कलंकी, छाउनी, रामकोट, स्वयम्भु , चन्द्रागिरि क्षेत्र, थानकोट लगायतका ठाउँहरुमा आफ्नो सेवा दिई रहेको छ । भित्री सानो सानो ठाउँमा पनि सेवा सुबिधा बढाउने उद्देश्यले कलंकीमा सेवा बिस्तार गरेको हो । क्लासिक टेकको नयाँ आउटलेट कम्पनीको १०० औं आउटलेट हो र हरेक आउटलेटमा बिल्लिङ्, कस्टमर सपोर्ट र मार्केटिंग गरेर २५ जना कर्मचारी राखिएको छ ।

कम्पनीले कलंकीमा स्थापना गरेको नयाँ आउटलेटबाट सो क्षेत्रका सेवाग्राहीहरुलाई केहि महिनाको लागि नेपालकै सस्तो र उच्च गतिको २० एमबीपीएस इन्टरनेट र आईपीटिभी ७९९ प्रति महिनामा उपलब्ध गराईरहेको छ । यसैगरि १ वर्षसम्मको कुनैपनि प्याकेजमा रिचार्ज गर्दा ३० प्रतिशत सम्म नगद छुट र साथमा २ महिना बोनस पनि क्लासिक टेकले आफ्ना पुराना ग्राहकहरुलाई प्रदान गरिरहेको छ । यसैगरि आईपिटिभीको १५० च्यानलहरु सित्तैमा रिचार्ज गर्दा हेर्न पाउने छन् ।

क्लासिक टेक १२ वर्ष पुग्दासम्म ४९ वटा आउटलेट थियो । तर कोरोना महामारीको कारण भएको लकडाउन पछि ५१ वटा आउटलेट बिगत ८ महिनामा बिस्तार गरिएको हो ।

कम्पनीले कस्टमर सपोर्ट र पेमेन्ट गर्न छिटो र छरितो बनाउनको लागि आउटलेट खोलेको हो । सानो भन्दा सानो सेवा पनि छिटो र छरितो समाधान हुने कम्पनीले अपेक्षा गरेको छ ।

कम्पनीले ७४ वटा जिल्लामा कर्पोरेटहरु र बैंकहरुलाई ईन्टरनेट र इंट्रानेट सेवाहरु दिँदै आईरहेको छ भने यो आर्थिक वर्षभित्र एफटीटीएच को माध्यमबाट होम युजरलाई पनि सेवा दिनको लागि १०० वटा थप आउटलेट खोल्ने लक्ष्य लिएको । यसै महिना पश्चिममा नेपालगंज र पूर्वमा दमक र बिर्तामोडमा आउटलेट खोल्ने तयारीमा रहेको कम्पनीका प्रमुख सेल्स एण्ड मार्केटिंग अफिसर बिनय कुमार अधिकारीले जानकारी दिए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।