ओपोले मोबाइल वल्र्ड कंग्रेस शंघाई २०२१ मा प्राविधिक सफलता र साझेदारी पद्रदर्शन गर्ने


स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वल्र्ड कंग्रेस, शंघाई (एमडब्ल्यूसीएस) २०२१ मा आफूले सार्वजनिक गर्ने तयारी गरेका नवप्रर्बतनहरुका बारेमा केही संकेत प्रस्तुत गरेको छ । फेब्रुअरी २३ देखि २५ सम्म ओपोले आफ्ना पार्टनर्सहरुका साथमा फाइभजी स्पेसमा आफूले गरेका नयाँ परिक्षणका नतिजाहरु प्रस्तुत गर्नुका साथै, चार्जिङ प्रविधिमा भविष्यका विकासहरु, स्मार्टफोन अवधारणाहरु र ईन्टरनेट अफथिङ्स (आईओटी) हरु प्रदर्शित गर्नेछ ।

सबैका लागि ‘फास्टर चार्जिङ’

ओपो एक्स २०२१ रोलेबल कन्सेप्ट स्मार्टफोन मार्फत ओपोले नयाँ ताररहित चार्जिङ प्रविधिहरु प्रदर्शित गर्नुका साथै ओपोले भोक फ्ल्याश चार्जिङ अन्तर्गत नयाँ विकासहरु प्रदर्शित गर्नेछ । तर, ती मध्ये पनि सबैभन्दा रोचक दैनिकीमा उपयोग हुने हरेक किसिमका उपकरणलाई तिब्र गतिमा चार्ज गर्न सघाउने विश्वब्यापी पहलको प्रदर्शनी हुनेछ ।

सन् २०१४ मा आफ्नो पहिलो भोक प्रविधि सार्वजनिक गरेदेखि नै ओपोले फ्ल्याश चार्जिङ क्षेत्रको अगुवाई गरिरहेको छ । एमडब्ल्यूसीएसले नवप्रवर्तन र साझेदारी प्रदर्शनीको अवसर प्रदान गर्दै भविष्यका लागि ईकोसिस्टमको विस्तारमा सघाउँदै तुलनात्मक रुपमा पहिले भन्दा ब्यापक रुपमा अझ बढी ब्यक्तिहरु मझ पुग्न सघाउँछ ।

फाइभजीका सम्भावनाहरु

सन् २०२० का असंख्य परिक्षणहरु पश्चात यस पटक चाइना यूनिकमबुथमा आगन्तुकहरुले ओपोको ५जी एमएम(स्पिड टेस्टिङको प्रत्यक्ष प्रदर्शनको अवलोकन गर्न पाउने छन् । ५जी एमएम(वेभले ५जी एप्लिकेशन्सका नयाँ पिढीका लागि जग बसाल्ने छ । ओपोको ५जी सीपीईमा उपलब्ध गरिएको यो प्रविधि पनि एमडब्ल्यूसीएसमा प्रदर्शित गरिनेछ ।

ओपोको ५जी सीपीईले ५ जी सिग्नललाई स्थिर र अतितिब्र वाई(फाई कनेक्शनमा परिणत गर्छ ।

एरिक्शन जस्ता उद्योगकै अग्रणी पार्टनर्ससंग सहकार्य गर्दै दूई नयाँ प्रप्राइटरी एन्टेना सोल्यूशन्सको विकास पश्चात ५ जी सीपीईले भविष्यका घरका लागि उच्च गतिको कनेक्टिभिटीलाई वास्तविकतामा परिणत गरेको छ । ओपो बुथमा पुग्ने आगन्तुकले यस्तै अनेकन प्रविधिहरु अवलोकन गर्न पाउने जानकारी दिइएको छ ।

ओपोका ग्लोबल मार्केटिङका अध्यक्ष विलियम ल्यूले भने , ‘ओपोका लागि आकाश नै सीमा हो । मोबाइल वल्र्ड कंग्रेस २०२१ शंघाईमा हामी नयाँ पुस्ताका चार्जिङ प्रविधिका साथै स्मार्टफोनबाट मल्टि ईन्डष्ट्रि सेक्टरमा ओपोको अग्रगामी कदमका बारेमा समेत जानकारी दिनेछौँ ।’

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।