निर्जीवन बीमा कम्पनीद्धारा १७ अर्ब ८६ करोड बीमा शुल्क संकलन, माघमा मात्रै साढे २ अर्ब धेरै

0
Shares

निर्जीवन बीमा कम्पनीहरुले चालु आवको सात महिनामा १७ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् ।  बीमा समितिले उपलब्ध गराएको तथ्यांक अनुसार १९ निर्जीवन बीमा कम्पनीले चालु आवको माघ मसान्तसम्ममा १७ अर्ब ८६ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् ।

राष्ट्रिय बीमा कम्पनी बाहेक १९ निर्जीवन बीमा कम्पनीले माघ महिनामा मात्रै २ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । बीमा समितिले उपलब्ध गराएको तथ्यांकमा राष्ट्रिय बीमा कम्पनीको तथ्याकं समावेश छैन ।

समितिको तथ्यांक अनुसर यस अवधिमा १७ निर्जीबन बीमा कम्पनीहरुको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ छ । भारतीय लगानीका नेशनल र ओरियन्टल इन्स्योरेन्सको चुक्ता पूँजी रहेको छैन भने राष्ट्रिय बीमा कम्पनीको २६ करोड ६६ लाख रुपैयाँ मात्र छ । पूँजीमा पनि राष्ट्रिय बीमा कम्पनीको पूँजी पनि समावेश गरिएको छैन ।

१९ निर्जीवन बीमा कम्पनीले माघ मसान्तसम्मा १७ लाख ७४ हजार १३८ वटा बीमालेख जारी गरेका छन् । जसमध्ये पछिल्लो एक महिना अर्थात माघ महिनामा मात्रै २ लाख ५९ हजार २४६ वटा बीमालेख जारी भएका छन् ।

यस अवधिसम्ममा १९ निर्जीवन बीमा कम्पनीका ९१६ शाखा कार्यालय छन् भने यी कम्पनीहरुमा ४ हजार ९५४ जनाले रोजगारी पाएका छन् । माघ महिनामा ७४ जना कर्मचारी थपिएका छन् भने २ शाखा कार्यालय विस्तार भएका छन् ।

समितिको तथ्याकं अनुसार चालु आवको माघ मसान्तसम्ममा सबैभन्दा धेरै बीमा शुल्क संकलन शिखर इन्स्योरेन्सले गरेको छ । कम्पनीले यस अवधिमा २ अर्ब ४५ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । कम्पनीले माघ महिनामा ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

शिखरसँगै सगरमाथा, नेको, सिद्धार्थ, एनएलजी र प्रीमियर इन्स्योरेन्सले अर्ब भन्दा बढी बीमा शुल्क संकलन गरेका छन् ।

  • माघ महिनामा साढे २ अर्ब बीमाशुल्क संकलन

चालु आवको माघ महिनामा १९ निर्जीवन बीमा कम्पनीले २ अर्ब ४७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस अवधिमा सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनी शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले माघ महिनामा ३४ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यस्तै, सगरमाथा र नेको इन्स्योरेन्सले शिखरपछि धेरै बीमा शुल्क संकलन गरेका छन् । सगरमाथाले २२ करोड र नेकोले २० करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

कम्पनीहरुले माघ महिनामा २ लाख ५९ हजार २४६ वटा बीमालेख जारी सो रकम संकलन गरेका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।