नेप्से स्थापनाकालदेखिका सात इन्स्योरेन्स कम्पनीको २५ वर्षमा पूँजी र शेयरमूल्यको अन्तर यस्तो

0
Shares

नेपालमा हाल २० निर्जीवन बीमा कम्पनी र १९ जीवन बीमा तथा एक पुर्नबीमा कम्पनी गरी कुल ४० वटा कम्पनी सञ्चालनमा रहेका छन् । तर नेप्से स्थापनाताका जम्मा ७ वटा मात्र इन्स्योरेन्स कम्पनी थिए । 

आजभन्दा २५ वर्षअघि नेपाल स्टक एक्सचेञ्ज स्थापना भएर सञ्चालनमा आएपछि आर्थिक वर्ष २०५१/५२ को असार मसान्तमा नेप्सेमा सूचीकृत रहेका ७ इन्स्योरेन्स कम्पनी र ती कम्पनीको २०५२ असार मसान्तमा कायम शेयरमूल्य र चुक्ता पूँजीको तुलनामा २०७७ फागुन २० गतेको शेयरमूल्य र चुक्ता पूँजीमा आकाश जमीनको फरक परिसकेको छ ।

यस अवधिमा एभरेष्ट इन्स्योरेन्सले सबैभन्दा धेरै चुक्ता पूँजी बढाएको छ भने राष्ट्रिय बीमा कम्पनीले सबैभन्दा कम बढाएको छ । २०५२ असारमा ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको एभरेष्ट इन्स्योरेन्सले २५ वर्ष अवधिमा १ अर्ब ६ करोडले पूँजी बढाएर १ अर्ब ९ करोड बढी कायम गरेको छ । जुन प्रतिशतका हिसाबले ३५५३ प्रतिशत हो ।

सबैभन्दा कम पूँजी वृद्धि गरेको तत्कालिन राष्ट्रिय बीमा (संस्थान) ले हाल ११३७ प्रतिशत अर्थात २० करोड ९१ लाखले पूँजी वृद्धि गर्दै २६ करोड ६६ लाख पुर्याएको छ । सो बेला राष्ट्रिय बीमा संस्थान मात्र रहेकोमा हाल निर्जीवन बीमा व्यवसायतर्फ राष्ट्रिय बीमा कम्पनी र जीवन बीमा व्यवसायतर्फ राष्ट्रिय बीमा संस्थानले अलग अलग कम्पनीको रुपमा कारोबार गरिरहेका छन् ।

विसं २०५२ असारको शेयरमूलयलाई आधार मान्दा ती कम्पनीको २०७७ फागुन २० गते बिहीबार आइपुग्दा प्रिमियर इन्स्यारेन्सको १४० बाट ७५० प्रतिशत अर्थात १०५० रुपैयाँ वृद्धि हुँदै ११९० रुपैयाँ छ ।

सबैभन्दा कम बढेको नेपाल इन्स्योरेन्सको २८.७३ प्रतिशत अर्थात १८१ रुपैयाँले मात्र बढेको छ । विसं २०५२ असारमा ६३० रुपैयाँ रहेको कम्पनीको शेयरमूल्य हाल ८११ रुपैयाँ रहेको छ ।

यसैगरी नेपाल इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, युनाइटेड इन्स्योरेन्स, एरभेष्ट इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स र नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स आजसम्म पनि सञ्चालनमा नै रहेका छन् । नेशनल लाइफ एण्ड जनरल इन्स्योरेन्स हाल नेशनल इन्स्योरेन्सको रुपमा कारोबार गरिरहेको छ । यी कम्पनीहरुको चुक्ता पूँजी र शेयरमूल्यमा भएको वृद्धि यसप्रकार रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।