एभरेष्ट इन्स्योरेन्सद्धारा लाभांश घोषणा

0
Shares

एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेड (EIC) ले आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

कम्पनी सञ्चालक समितिको फागुन २० गते सम्पन्न बैठकले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.४२ प्रतशित नगद लाभांश गरी कुल ८.४२ प्रतशित लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृत पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँ रहेको छ ।

प्रस्तावित ८ करोड ७६ लाख ७४ हजार ४०० रुपैयाँ बोनस वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १८ करोड ३६ लाख ४ हजार ४०० रुपैयाँ पुग्नेछ ।

कम्पनीले पछिल्लो पटक २०७३/७४ बाट १० प्रतिशत बोनस शेयर वितरण गरेकोमा त्यसयताको दुई आर्थिक वर्षबाट शेयरधनीलाई कुुनैपनि लाभांश वितरण गरेको थिएन ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।