महालक्ष्मी लाइफको प्रदेश १ मा सम्पति शुद्धीकरण निवारण तालिम


महालक्ष्मी लाईफ इन्स्योरेन्सले सातै प्रदेशमा सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।

यसै सिलसिलामा मिति २०७७ फागुन २४ गते सोमबार १ नम्बर प्रदेशको इटहरीमा सो सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

इटहरीको होटल गोर्खामा सम्पन्न उक्त तालिम कार्यक्रममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको थियो ।

अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका बरिष्ठ सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गरेकी थिइन् ।

तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गर्नुगरेका थिए । आगामी चैत महिनामा नेपालगंज र पोखरामा पनि यस्तै तालिम प्रदान गर्ने इन्स्योरेन्सले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।