उपत्यकामा १९ करोड केजी फलफुल तथा तरकारी खपत, प्याज मात्रै २ करोड किलो

0
Shares

काठमाडौंबासीले पछिल्लो ११ महिनामा १९ करोड भन्दा धेरै किलोग्राम तरकारी तथा फलफुल खपत गरेका छन् । उपत्यकाबासीले आन्तरिक उत्पादन तथा आयातीत गरी कुल १९ करोड ६१ हजार किलोग्राम तरकारी तथा फलफुल जन्य बस्तु खरीद गरेका हुन् ।

कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका अनुसार यो वर्षको बैंशाख देखि फागुन २५ गतेसम्ममा उपत्यकामा सो तरकारी तथा फलफुल खपत भएको हो । यो अवधिमा उपत्यका बासीले कुल ८९ प्राकारका माछा, मासु, फलफुल तथा तरकारी तरकारी खरीद गरेका हुन ।

यो अवधिमा उपत्यकाबासीले करिब ३८ प्रतिशत इण्डिया, चीन, भुटान, बंगलादेश र अन्य मुलुकबाट आयात भएको तरकारी तथा फलफुल खरिद गरेका छन भने बाँकी ६८ प्रतिशत स्वदेशी रहेको छ ।

स्वदेशमा पनि सबैभन्दा धेरै तरकारी तथा फलफुल उत्पादन गर्ने जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, धादिङ, काभ्रे, सर्लाही, मकवानपुर र नुवाकोट रहेका छन् ।

स्वेदशी उतपादनले मात्र प्रयाप्त हुने तरकारी तथा फलफुलमा किवि, हरियो भट्टमास, चिचिण्डो, मेथिको साग, कुरिलो निउरो, लट्टेको साग, धनिँया, मकै, सलगम, तामा, गुन्द्रुक, नास्पति, मौसम, ड्राइ माछा तथा क्लाइभ ग्रिन रहेका छन् । यी प्रजातीका तरकारी तथा फलफुल भने विदेशवाट आयात भएको बोर्डले जनाएको छ ।

यो अवधिमा उपत्यकाबासीले सबैभन्दा धेरै प्याज खरीद गरेका छन् । यो वर्षको ११ महिनामा उपत्यकाबासीले एक करोड ९९ लाख किलो प्याज खपत गरेको बोर्डले जनाएको छ । यसरी खरीद गरेको प्याज मध्ये एक करोड ९५ लाख ६५ हजार किलो प्याज आयातीत हो । सो अवधिमा उपत्यकाबासीले एक करोड २२ लाख ६६ हजार किलो काउली खपत गरेको कालिमाटी फलफुल तथा तरकारी बजार विकास बोर्डका सूचना अधिकारी विनय श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी यो अवधिमा उपत्यकाबासीले ६२ लाख ४ हजार किलो मुला खपत गरेका छन । यो वर्षको ११ महिनामा उपत्यकाबासीले ६७ लाख ५ हजार ६ सय ९६ किलो काक्रो खरीद गरेका छन् । यो मध्ये ६ लाख ७५ हजार किलो काक्रो आयातीत रहेको छ । बाँकी करिब ६० लाख किलो काक्रो सवदेशमै उत्पादन भएको बोर्डले जनाएको छ । त्यसैगरी उपत्यकाबासीले धेरै खरीद गर्नेमा आलु, करेला, कागती, आलु, काक्रो, माछा, हरियो खुर्सानी, घिरौला, सुन्तला, आँप रहेका छन।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।

प्रकाशित मिति: २५ फागुन २०७७, मंगलबार  १६ : ५१ बजे