टाटा मोटर्सको नयाँ पाँच मोडेलका गाडी सार्वजनिक, यस्ता छन् विशेषता

0
Shares

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्जअन्तर्गत पर्ने पाँच मोडेलका नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभका परिष्कृत मोडेल सार्वजनिक गरेको हो ।

यी गाडी बिएससिक्स इन्जिन प्रविधिको रहेको जनाइएको छ । टाटाको इम्प्याक्ट २.० डिजाइन ल्यांग्वेजअनुसार तयार पारिएकोे जनाइएको छ । बदलिँदो समयको मागअनुसार पुनः डिजाइन गरिएका पाँच मोडेल कार्यक्षमता, आरामदायी र सुरक्षाका दृष्टिकोणले पनि अरूभन्दा अग्रस्थानमा रहेको कम्पनीको दाबी छ ।

गाडी सार्वजनिक गर्दै टाटा मोटर्सका प्योसेन्जर भेइकल्स इन्टर्नेसनल बिजनेस हेड मायंक बाल्डीले टाटा मोटर्सका विविध रेन्जका गाडी नेपाली ग्राहकले लामो समयदेखि अत्यन्त रुचाएको बताए । टाटाका नयाँ जेनेरेसनका प्यासेन्जर गाडी डिजाइन, सुरक्षा र आरामका कारण अझ बढी रुचाइने उनको भनाइ थियो ।

सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बिएससिक्स रेन्जका अत्याधुनिक विशेषतायुक्त गाडी आफ्नो श्रेणीका अन्य गाडीभन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेको बताए । नेपाली उपभोक्ताहरूको बदलिँदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास व्यक्त गरे ।

 टियागो

१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टियागो को बनावट आकर्षक (स्पोर्टी) रहेको छ । उन्नत खालको सस्पेन्सन प्रणाली र एन्ड्रोइड अटो जस्ता पछिल्ला इन्फोटेन्मेन्ट सुविधाहरु भएको यो गाडी रातो, पहेलो, निलो लगाएत ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टियागो फोर स्टार सेफ्टी रेटिङ्ग पनि प्राप्त गर्न सफल भएकोे छ ।

 टिगोर

१२०० सि.सि. ईन्जिन क्षमताको नयाँ टिगोरमा डिजिटल इन्स्र्टुमेन्ट क्लस्टर र रिर्भसिङ्ग क्यामेरा जस्ता अत्याधुनिक सुविधाहरु रहेका छन् । मनमोहक बनावट सहित उत्कृष्ट सुरक्षाको बिशेषता भएको यो गाडी पाँचवटा रङ्गहरुमा उपलब्ध रहेको छ । टाटा टिगोरले पनि फोर स्टार सेफ्टी रेटिङ्ग प्राप्त गरेको छ ।

नेक्सन

१२०० सि.सि. ईन्जिन क्षमता भएको नयाँ नेक्सनमा इरा जस्ता समुच्च प्रविधि जडान गरिएको छ । यस प्रविधिले गर्दा यो गाडी नेपालको सडक सुहाँउदो भएको कुरा कम्पनीले जनाएको छ । टाटा नेक्सन ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गर्न सफल गाडी पनि हो ।

इलेक्ट्रिक सनरुफ, इलेक्ट्रिक स्ट्याबिलिटी र कनेक्टेड कार टेक्नोलोजी लगाएतका नयाँ बिशिष्ट बिशेषताहरु भएको नेक्सन ६ वटा रङ्गहरुमा उपलब्ध रहेको छ ।

अलट्रोज

१२०० सि.सि. ईन्जिन क्षमता भएको टाटाको नयाँ अल्ट्रोजको सम्पुर्ण बनावट अल्फा वास्तुकलामा आधारित छ । नेक्सनमा जस्तै आईआरए प्रविधि भएको यो गाडी आफ्नो श्रेणीमा सबैभन्दा सुरक्षित भएको कुरा ग्लोवल एनक्याप मार्फत प्रमाणित भैसकेको छ । साथै हृयाचब्याक सेग्मेन्टमा ग्लोवल सेफ्टी रेटिङ्गमा फाईभ स्टार प्राप्त गरेको छ ।

यो रिदम, स्टाईल, लुक्स र अर्वन गरि चारवटा प्रकृतिमा उपलब्ध रहेको छ ।

एच फाईभ

२००० सि.सि. ईन्जिन क्षमता भएको एच फाईभको सम्पुर्ण बनावट बिशिष्ट वास्तुकलामा आधारित छ । शक्ति, सुविधा र कार्यकुशलताको दृष्टीकोणले यो गाडी अतुलनीय भएको कम्पनिले जनाएको छ ।

एच फाईभ बिभिन्न आकर्षक रङ्गहरुमा उपलब्ध रहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।