एभरेष्ट बैंकको गाईघाटमा १०२ औं शाखा

0
Shares

एभरेष्ट बैंक लिमिटेड (EBL) ले उदयपुरको गाईघाटमा फागुन २६ गते बुधबारदेखि आफ्नो १०२ औं शाखाको विस्तार गरेको छ ।

एभरेष्ट बैंकका नायव महा प्रबन्धक डा. सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ, गाईघाटका अध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गाईघाट उदयपुरा शाखाको उद्घाटन गरेका हुन् ।

समाजमा रहेको ठूलो तथा फैलिएको वर्गलाई अत्याधुनिक बैंकिङ्ग सेवा र सुबिधाहरु उपलब्ध गराउने उदेश्यका साथ बैंकले बैंकिङ्ग विस्तार गर्दै आएको छ ।

स्थापनाकाल देखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४ एटीएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।