राष्ट्रिय बीमा कम्पनीद्धारा “विधार्थी सुरक्षा बीमालेख” जारी

0
Shares

राष्ट्रिय बीमा कम्पनीले विधार्थी लक्षित “विधार्थी सुरक्षा बीमालेख” जारी गरेको छ ।

नेपालका सार्वजनिक तथा निजी विधालय, क्याम्पस तथा संस्थाहरुमा अध्ययनरत विधार्थीहरुको जोखिमलाई मध्यनजर गरि कम्पनीले “विधार्थी सुरक्षा बीमालेख” ल्याएको जनाएको छ ।

आगामी शैक्षिक शत्रलाई लक्षित गर्दै कम्पनीले विधार्थी सुरक्षा बीमा योजना लागू गरेको हो । प्रति विधार्थी न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५ लाख रुपैयाँ बीमांक कायम गरि बीमा गर्न सकिने कम्पनीले जनाएको छ ।

उक्त बीमालेख चैत्र ३ गतेबाट कम्पनीले लालिगुँरास वाटिका माध्यमीक विधालयका सम्पूर्ण विधार्थीहरुको बीमा गरी कार्यान्वयनमा आइसकेको समेत कम्पनीले जानकारी दिएको छ ।

यो योजनाले क्रमशः थप विधार्थीहरुमा बीमा सेवा विस्तार भई बीमाको दायरा र वित्तिय सचेतना विस्तार हुने अपेक्षा कम्पनीले लिएको छ ।

अपहरणबाट हुने मानविय क्षती (चोटपटक, अंगभंग, मृत्यू) लगायत दुर्घटनाजन्य कारणबाट हुने क्षतीको आर्थिक क्षतिपूर्ती यो बीमालेखले रक्षावरण गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।