एनएलजी इन्स्योरेन्समा साधारण शेयर हिस्सा बढ्यो

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) मा सर्वसाधारणको शेयरहिस्सा बढेको छ ।

सोमबार २० लाख ८३ हजार ११३ दशमलव ४५ कित्ता संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरेर नेप्सेमा सूचीकृत गरेसँगै इन्स्योरेन्स कम्पनीमा संस्थापक शेयर हिस्सा घटेर सर्वसाधारणको बढेको हो ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको २० लाख ८३ हजार ११३ दशमलव ४५ कित्ता संस्थापक शेयर साधारणमा रुपान्तरण गरेसँगै अब कम्पनीमा संस्थापक र साधारण शेयरको संरचना ५१ः४९ को अनुपात कायम भएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।