कोरोना बीमा दाबी वापत ५ अर्ब भुक्तानी

0
Shares

विश्व महामारी कोभिड १९ बाट नेपाली नागरिकलाई रक्षावरण गर्न बीमा समिति र निर्जीवन बीमा कम्पनीहरुद्धारा सुरु गरिएको कोरोना इन्स्योरेन्स वापत हालसम्म ५ अर्बभन्दा बढी रकम बीमितहरुलाई भुक्तानी भएको छ ।

बीमा समितिले उपलब्ध गराएको चैत्र ६ गते शुक्रबारसम्मको तथ्यांक अनुसार कोरोना बीमा दाबी वापत ५ अर्ब १४ करोड १२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको हो ।

कुल ५३ हजार ३२४ वटा बीमालेख उपर परेको दाबी वापत सो रकम भुक्तानी गरिएको हो ।

२०७७ बैशाख ४ गतेदेखि ५० हजार रुपैयाँ र १ लाख रुपैयाँ बिमाङ्कको गरी दुई वटा कोरोना बीमालेखको बिक्री सुरु भएको थियो ।

समितिका अनुसार चैत्र ६ गतेसम्म कारोना बीमा वापत कुल ८६ हजार ६१२ वटा दाबी परेका छन् । ती मध्ये दाबीका लागि आवश्यक कागजात नपुगेका ४ हजार २१० वटा फाइल सम्बन्धीत कम्पनीमा नै फिर्ता भएका छन् ।

समितिका अनुसार ९ हजार ५० वटा दाबीका फाइल इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट स्वीकृत हुन बाँकी छन् । महाशाखामा अध्ययनका लागि पठाइएका २२ हजार ४०३ वटा फाइलमध्ये १३ हजार ३५३ वटा फाइद स्वीकृत भइसकेका छन् ।

समतिका अनुसार आवश्यक अध्ययनका लागि ८ हजार ६८३ वटा दाबीका फाइल लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा पठाईने क्रममा रहेका छन् ।

त्यस्तै, ५५० वटा दाबीका फाइल पन्ध्र दिनभित्र दोहोरो आवेदनका कारण नो क्लेममा राखिएको छ । भने ९ हजार १६३ वटा दाबीका फाइल प्रमाणीकरण हुने प्रक्रियामा रहेको समितिले जनाएको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।