साइन रेसुङगा विकास बैंक काठमाण्डौंमा पनि


साइन रेसुङगा विकास बैंकले काठमाण्डौंबाट पनि बैंकिङ सेवा प्रदान गर्न सुरु गरेको छ । बैंकले आइतबार देखि एकै पटक ५ शाखा विस्तार गरी कारोबार सुरु गरेको हो ।

बैंकले काठमाण्डौंको नयाँ बानेश्वर, न्यूरोड, कलंकी, गोंगबु र बसुन्धारा शाखा कार्यालय स्थापना गरेको छ ।

रुपन्देहीको बुटवलमा २०६५ साल फागुन ११ गतेबाट ३ जिल्ला कार्यक्षेत्र भएको विकास बैंकको रुपमा शाइन डेभलपमेण्ट बैंकले बैंकिंग कारोबार सुरु गरेको हो ।

बैंकले गुल्मी जिल्ला कार्यक्षत्रे रहेको रेसुङ्गा विकास बैंकलाई २०६९ साल चैत्र ४ गते मर्जर गरी १० जिल्लामा कार्यक्षेत्र विस्तार गर्दै शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक भएको हो । २०७३ साल प्यूठान जिल्ला कार्य क्षेत्र भएको गौमुखी विकास बैंकसंग मर्ज भयो । त्यसैगरी भार्गव विकास बैंक र पूर्णिमा विकास बैंकलाई एक्विजिशन गरी २०७६ मंसिर १० गतेबाट राष्ट्रिय स्तरको विकास बैंक बनेको हो ।

६५ जना संस्थापकको ६ करोड चुक्ता पूँजीबाट सञ्चालनमा आएको बैंकको हाल ४ अर्ब भन्दा धेरै पूँजीकोष रहेको छ । हाल बैंकका ग्राहकको संख्या ४ लाख भन्दा धेरै रहेको छ । हाल बैंकले ३३ अर्ब रुपैयाँ भन्दा धेरै निक्षेप संकलन गरी ३१ अर्ब कर्जा लगानी गरेको छ । हाल बैंकमा ८ सय भन्दा धेरै कर्मचारी र ८० शाखा रहेका छन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।