राष्ट्रिय बीमा कम्पनी लिमिटेडद्धारा दुर्घटना बीमा दाबी भुक्तानी

0
Shares

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले नेपाल इन्जिनियर्स एशोसियसनमा आबद्ध सदस्य इन्जिनियरलाई १० लाख रुपैयाँ दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ ।

२०७६ श्रावण १ गते कम्पनी र नेपाल इन्जिनियर्स एशोसियसनबीच एशोसियसनमा आवद्ध इन्जिनियरहरुको प्रति व्यक्ति १० लाख बीमांक कायम रहने गरी सामूहिक दुर्घटना बीमा गरिएको थियो ।

उक्त सम्झौता अनुसार बीमामा आबद्ध एशोसियसनका आजिवन सदस्य ई. परमा नन्द चौधरीका परिवारलाई कम्पनीले दुर्घटना बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

चौधरीको गत २०७७ माघ २५ गते मकवानपुर जिल्लाको भिम फेदीमा सवारी दुर्घटनामा परि मृत्यु भई भएको थियो ।

बीमा दाबी भुक्तानी कार्यक्रममा राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. डिल्ली राज अर्याल, अण्डरराइटिंग विभाग प्रमुख सृजनापन्त, दावि विभाग प्रमुख सुजन सुवेदी तथा बजार विभाग प्रमुख हिरा कुमारी बर्तौला लगायतको उपस्थिती रहेको थियो ।

साथै, मृतक इन्जिनीयरका हकवाला तथा एशोसियसनका अध्यक्ष इ.प्रा.डा. त्रि रत्न बज्राचार्य, कोषाध्याक्ष इ.राम एकवाल यादव लगायतका प्रतिनिधिको उपस्थित रहेको थियो ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।