नगरपालिकाका परियोजनाहरुको विकासका लागि निफ्राले अगुवाई गर्ने


नगरपालिका अन्तर्गतका सामाजिक तथा भौतिक पूर्वाधार परियोजनाहरुको पहिचान र वित्तीय तथा प्राबिधिक विश्लेषण, बजारीकरण र विकासकर्ता छनौटका लागि नेपाल पुर्वाधार विकास बंैक(निफ्रा)ले अगुवाई गर्ने भएको छ ।

बैंकले स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट विभिन्न नगरपालिकामा पूर्वाधारका परियोजनाहरुको विकास तथा कार्यान्वयन गर्नेछ । यस सम्बन्धमा बुधबार नेपाल नगरपालिका संघको २८ औ स्थापना दिवस को अवसरमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा र बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर ग।रेका छन् ।

देशको आर्थिक समृद्धिका लागि पूर्वधार परियोजनाहरुलाई आवश्यक सहयोग गर्न सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले नगरपालिका संघसँगको सहकार्य गर्दै अघि बढ्ने जनाएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।