गत आवबाट ९ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, ९ कम्पनीको बाँकी

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत रहेका १८ कम्पनीमध्ये गत आर्थिक वर्षको नाफाबाट आधा अर्थात ९ वटा निर्जीवन बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । ९ कम्पनीको लाभांश निर्धारण हुन बाँकी रहेको छ ।

गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेकामध्ये शिखर इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्सले शेयर दाखिल खारेजी (बुकक्लोज) गरिसकेका छन् ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि फागुन २६ गते बुकक्लोज गरेको शिखर इन्स्योरेन्सले चैत ९ गते सोमबार साधारण सभा नै सम्पन्न गरिसकेको छ भने चैत ११ गते बुधबार बुकक्लोज गरेको प्रिमियरले चैत २३ गते सोमबार आह्वान गरेको छ । यस्तै नेपाल इन्स्योरेन्सले चैत २७ गते आह्वान गरेको साधारण सभाका लागि चैत १७ गते मंगलबार बुकक्लोज मिति तोकेको छ ।

लाभांश घोषणा गरेकामध्ये शिखरले सबैभन्दा धेरै २९.२३ प्रतिशत (२७.७७ प्रतिशत बोनस र १.४६ प्रतिशत नगद) लाभांश वितरण गरेको छ । हिमालयन जनरलले सबैभन्दा कम ६.७५ प्रतिशत (३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद) वितरण गर्ने प्रस्ताव गरेको छ ।

Sector- Non Life Insurance Stock Symbol Bonus Cash Total Bookclose AGM
Shikhar Insurance   SICL 27.77 1.46 29.23 Falgun 26, Wednesday Chitra 9, Monday
Siddhartha Insurance  SIL 12.00 3.79 15.79    
Premier Insurance   PIC 0.00 11.05 11.05 Chaitra 11, Wednesday Chaitra 23, Monday
Prabhu Insurance  PRIN 10.00 0.53 10.53    
Nepal Insurance  NICL 8.00 2.00 10.00 Chaitra 17, Tuesday Chaitra 27, Friday
Prudential Insurance   PICL 8.00 0.42 8.42    
Everest Insurance   EIC 8.00 0.42 8.42    
IME General Insurance  IGI 7.00 0.37 7.37    
Himalayan General Insurance HGI 3.00 3.75 6.75    
  • ९ निर्जीवन बीमा कम्पनीको लाभांश आउन बाँकी

गत आर्थिक वर्ष २०७६/७७ को कमाइबाट नेको इन्स्योरेन्स सहित ९ कम्पनीको लाभांश घोषणा हुन बाँकी रहेको छ ।  जसमा कम्पनीहरुमा सगरमाथा इन्स्योरेन्स, नेको, एनएलजी इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी, युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र सानिमा जनरल इन्स्योरेन्स रहेका छन् ।

अजोड, सानिमा र जनरल इन्स्योरेन्स नयाँ कम्पनी भएकाले यी कम्पनीले गत आवको नाफाबाट लाभांश वितरण गर्नसक्ने सम्भावना न्यून देखिन्छ । नयाँ कम्पनीहरुलाई जगेडा तथा कोष मजबुत बनाउन बीमा समितिले निर्देशन दिनसक्ने भएकाले यी कम्पनीको लाभांश गत आवको नाफाबाट आउने आशा लगानीकर्तामा कम नै छ ।

अन्य ६ कम्पनीको लाभांश प्रस्ताव भैसकेको छैन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।