बीमा समितिका अध्यक्षसहित सञ्चालकलाई प्राधिकरणमा निरन्तरता दिइने


बीमा समितिका अध्यक्षसहित सञ्चालकहरुले बीमा प्राधिकरणमा निरन्तरता पाउने भएका छन् । अर्थ समितिमा बीमा विधेयकमा भएको छलफलले हालका अध्यक्ष र सञ्चालक समितिका सदस्यले समेत नयाँ बन्ने बीमा प्राधिकरणमा निरन्तरता पाउने व्यवस्था गरेको हो ।

बिहीबार अर्थ समितिमा भएको छलफलमा राजस्व सचिव राम सरण पुडासैनीले बीमा समितिका हालका अध्यक्ष र सञ्चालक समितिले आफ्नो कार्यकाल अवधिसम्म बीमा प्राधिकरणमा निरन्तरता पाउने बताए । नयाँ प्राधिकरण आए पछि अध्यक्ष र सञ्चालक समिति पुन नियुक्त गर्न नपर्ने बताउँदै उनले अहिले भईरहेका पदाधिकारी स्वत प्राधिकरणमा रुपान्तरण हुने बताए ।

सो व्यवस्था अनुसार बीमा समितिका अध्यक्ष लगाएत सञ्चालक समितिले आफ्नो कार्यकालसम्म बहाल रहनेछन् । बीमा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको बीमा विधेयक, २०७५ मा ऐन संसदले परित गरेपछि लागु हुनेछ । विधेयकमा बीमा समितिका कर्मचारीले मात्रै निरन्तरता पाउने व्यवस्थालाई अर्थ समितिको दफावार छलफलले संशोधन गरेको हो । त्यसैगरी विधेयकमा बीमा प्राधिकरण बने पछि अध्यक्ष तथा सञ्चालक पुन नियुक्त गर्नु पर्ने व्यवस्था रहेको थियो

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।