नबिल बैंकको “हिरोज्अफ नेपाल”मा शेफ सन्तोष शाह


नबिल बैंकले सुरु गरेको ‘हिरोज् अफ नेपाल’ को दोस्रो संस्करणवाट शेफ सन्तोष शाहलाई सम्मानित गरेको छ ।

बैंकले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन सफल नेपालीहरुलाई सम्मान गर्ने मञ्चको रुपमा नबिल बैंकले हिरोज् अफ नेपालको आयोजना गर्छ ।

शेफ सन्तोष शाहले यु.के. को मास्टरशेफ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै नेपाली परिकारहरुलाई विश्व सामु चिनाउनु सफल व्यीक्तत्व हुन । उनले नेपालीको शिष्टाचार र मैत्रीपूर्ण भावलाई विश्व सामु प्रदर्शन गरेका थिए ।

शेफ सन्तोष शाह, बैंकका प्रमूख कार्यकारी अधिकृत अनिल केशरी शाह र पर्व मिस नेपाल अनुष्का श्रेष्ठ बीच भएको प्यानल छलफलको क्रममा, शेफ सन्तोष शाहले उनको प्रेरणादायक उपलब्धिहरूको बारेमा जानकारी गराएका थिए । उनको जीवन यात्राका चुनौतीहरूको वर्णन गरेका थिए । नबिल बैंकले शेफ शाहको गृहनगरमा ई–पुस्तकालय निर्माण गर्न र ५ महिला विद्यार्थीहरुलाई छात्र वृत्ति प्रदान गर्ने जनाएको छ ।

 

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।