वर्ल्ड वार ४ – एन्ड गेम्स् लन्च गर्दै एस्ट्रिक टेक्नोलोजी


एस्ट्रिक टेक्नोलोजी, एक नयाँ उदयमान गेम डेभलपमेन्ट कम्पनी, ले एक टेक्स्ट बेस्ड अनलाइन मल्टीप्लेयर रोल प्लेइङ्ग गेम, वल्र्ड वार ४–एन्डगेम्स, सार्वजनिक हुने मिति तोकेको छ । यसलाई एन्ड्रोइड प्लेटफर्ममा गुगल प्लेस्टोर मार्फत अप्रिल ४, २०२१ मा लन्च गरिने भएको छ ।

यस गेममा २०३० को समयको परिकल्पना गरिएको छ, जुनबेला तेस्रो विश्वयुद्ध सकिसकेको हुन्छ र युद्धले मानव जातिमा नराम्रो प्रभाव परिसकेको हुन्छ र मानवता नै हराउने अवस्थामा पुगिसकेको हुन्छ । त्यस अवस्थामा विश्वमा केबल ८ शक्तिशाली राष्ट्रको परिकल्पना गरिएको छ, जसमा अमेरिका, बेलायत, संयुक्त यूरोप, संयुक्त मिडल इस्ट, चीन, भारत, जापान र रुस छन । र उनीहरु अझै संयुक्त सरकारको लागि लडिरहेका छन् ।

गेममा खेलाडीले विश्व युद्धमा बाँचेका व्यक्तिको भूमिका निर्वाह गर्नुपर्नेछ, जहाँ उसले प्रत्येक ४ घण्टामा एक पटक काम गर्न पाउनेछ, प्रत्येक २ घण्टामा एक पटक तालिम लिन पाउनेछ । गेममा व्यापारी, सेना, श्रमिक र राजनीतिज्ञ गरी ४ करियर मोड उपलब्ध छ। खेलाडिले हरेक ७ दिनमा फरक फरक करियर छनौट गर्न पाउनेछन् ।

खेलाडिले कच्चापदार्थ उत्पादन गर्न, विभिन्न वस्तु उत्पादन गर्न, आयात/निर्यात गर्न, शेयर बजारमा लगानी गर्न, शक्ति तथा हतियार संकलन गर्ने र अन्ततः सम्पूर्ण विश्वमा आफ्नो मुलुकको प्रभुत्व स्थापना गर्न लड्नु पर्नेछ ।

बाँकी रहेका ८ शक्ति राष्ट्र पनि आफ्ना सबै श्रोतहरु प्रयोग गरी एक अर्का माथि आफ्नो अधिन जमाउने कोसिसमा हुनेछन्, र खेलाडिले डुम्सडे (प्रलयको दिन) टिकेर विस्तारै सकिँदै गएको महसुस गर्नेछन्, र गेम सो दिनतर्फ अघि बढेसँगै, खेलाडीसँग एक आपसमा संगठित हुने बाहेक केही विकल्प बाँकी रहने छैन । सबैजना आफ्नो जीवनको लागि संघर्ष गरिरहेको बेला पृथ्वीलाई केही ‘अज्ञात प्रजाति’ ले हमला गर्नेछन् जसले मानवताको अन्त्यको सुरुवातलाई ट्रिगर गर्दछ ।

मुख्य विशेषता

· प्रत्येक १०० दिनको एक सिजन हुनेछ

· विश्वमा प्रभुत्व कायम गर्न समूह व्यवस्थापन र टिम वर्कको विकास

· आर्थिक प्रभुत्वको लागिविभिन्न स्रोतहरुको उचित व्यवस्थापन

· वास्तविकबजार तथ्याङ्कमा आधारित स्टक मार्केट, जसले खेलाडिहरुलाई प्रत्येक १० सेकेण्डमा ताजा तथ्याङ्क सहितबजारको उतार चढावलाई बुझ्न सहयोग गर्नेछ।

यो गेम निःशुल्क खेल्न पाइने छ तर, विभिन्न चरित्रको पहिरनका लागि केही इन एप पर्चेजहरु छन् । यसमा पैसा तिरेर ‘गोल्ड’ खरिद गर्न पाइने छैन जसले गर्दा पैसा तिर्नेहरुले मात्र यो खेल जित्न सक्छन् भन्ने मान्यतालाई झुठो सावित गर्नेछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।