ज्योति लाइफको आइपीओ बाँडफाँड, रिजल्ट कसरी हेर्ने ?

0
Shares

ज्योति लाइफको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । ज्योति लाईफको केन्द्रीय कार्यालय, ज्ञानेश्वरमा साढे १२ बजे आईपीओ बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा ५ लाख ९४ हजार जना आवेदनलाई गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन् । आईपीओमा आवेदन दिएका १८ लाख ४२ हजार ४८० जनामध्ये १२ लाख ४८ हजार ४८० जना (दोहोरो आवेदक सहित) आवेदकको हात खाली भएको छ । जुन सर्वसाधारणका लागि आवेदन दिएकामध्ये ६७.७६ प्रतिशत हो । कुल आवेकदको ३२.२४ प्रतिशत अर्थात ३ जनामध्ये गोलाप्रथाबाट एक जनाले मात्र शेयर पाएका हुन् ।

ज्योति लाइफको आईपीओमा ४४ हजार आवेदन भए रद्ध, ५ लाख ९४ हजारले पाए १० कित्ता

पछिल्लो व्यवस्था अनुसार लगानीकर्ताले आईपीओ रिजल्ट आईपीओ निष्काशन गर्ने सम्बद्ध कम्पनी ज्योति लाइफ इन्स्योरेन्सको वेवसाइट, सिडिएस एण्ड क्लियरिङको मेरो शेयर मोबाइल एप र बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइटबाट मात्र हेर्न सक्नेछन् ।
आइपीओ रिजल्ट डट सीडीएससी डट कम डट एनपी पोर्टलमा पनि आइपीओ रिजल्ट हेर्न सकिनेछ ।

महिला लघुवित्तको आईपीओको रिजल्टदेखि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले अनलाइन मिडियालाई रिजल्ट उपलब्ध गराउन रोक लगाएको थियो । सोभन्दा यसअघि  निर्वाध रुपमा रुपमा विभिन्न निजी सञ्चार माध्यमको वेबसाइटमा पनि आईपीओको रिजल्ट हेर्न सकिन्थ्यो । यसरी धेरै स्थानबाट रिजल्ट हेर्न पाउने व्यवस्थाले लगानीकर्ताको व्यक्तिगत विवरण बाहिरिएको भन्दै लगानीकर्ताको विरोधपछि सिडिएस एन्ड क्लियरिङ लिमिटेडले रोक लगाएको हो ।

भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्न बताइएको छ । यद्यपी  रिजल्ट हेर्न मिल्ने गरी उपलब्ध गराइएका वेवसाइटहरु नतिजा अगाडि नै खुल्न समस्या देखिन थालिसकेकाले लगानीकर्ताले नतिजाका लागि भने सअज रुपमा हेर्न पाउने अवस्था देखिएको छैन ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।