एभरेष्ट बैंकले सगरमाथाको नयाँ उचाई र १२ फरक फरक मुहारहरु समेटेर नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरेको छ । पर्यटन विभाग, प्रद्घशनीमार्गमा आयोजित समारोहको बीचमा नयाँ बर्ष २०७८ को कर्पोरेट क्यालेन्डर अनावरण गरिएको हो।
“सगरमाथाको १२ फरक फरक मुहारहरू” विषयवस्तु राखेर तयार पारिएको बंैकको क्यालेन्डर २०७८ पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ्ग र एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जीके नेगी, नेपाल पर्वतारोहण संघका कार्यकारी सदस्य तथा बंैकका ब्रान्ड फेस मिङ्गमा डेभिड शेर्पाले संयुक्त रुपमा अनावरण गरेका छन् ।
सो कार्यक्रममा डा. सन्धीर कुमार–नायव महाप्रबन्धक, एभरेष्ट बैंक र पर्यटन विभाग तथा बैंकका अन्य उच्च अधिकारीहरू पनि सामेल थिए ।
कार्यक्रमको दौरान बैंक व्यवस्थापनले, सगरमाथाको नयाँ उचाई ८८४८.८६ मिटरलाई मध्येनजर गर्दै यसको चर्चा बढाउन बैंकले “सगरमाथाको १२ फरक फरक मुहारहरू” जस्तो अनुपम विषयवस्तुलाई चित्रण गरेको हो जसले नेपालको माउन्टेन पर्यटनलाई पनि बढावा दिने बैंकको विश्वास छ ।
लामो समय देखि बैंकले नेपालको संस्कृति र पर्यटन सम्बन्धी बिभिन्न विषयवस्तुहरुलाई समाहित गर्दै आफ्नो कर्पोरेट क्यालेन्डर बनाउदै आएको छ ।
बैंकमा हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय , १३४, एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।
प्रतिक्रिया