ज्योति लाइफको आइपीओ नतिजा हेर्न साँझ ६ बजेसम्म पर्खनुपर्ने !

0
Shares

ज्योति लाइफको आइपीओ नतिजा साँझ ६ बजेपछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार साढे १२ बजेपछि भएको आइपीओ बाँडफाँडमा सो जानकारी दिइएको हो ।

इन्स्योरेन्सको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार सिडिएस एण्ड क्लियरिङ लिमिटेड, मेरो सेयर सफ्टवेयर, मेरो सेयर एपमा अपलोड गर्न समय लाग्ने भएकाले साँझ ६ बजेपछि मात्र आइपीओ नतिजा हेर्न सकिने जनाएको हो ।

शुक्रबार नेप्सेमा विदा भएपनि आईपीओ नतिजा हेर्न आउने ट्राफिक चापका कारण बिहीबार भएको शेयरको विद्युतीय माध्यमबाट गरिने राफसाफ (इडिआईएस) हस्तान्तरणमा पर्नसक्ने असुविधालाई समेत ध्यान दिँदै साँझ ६ बजेपछि मात्र आइपीओको नतिजा प्रकाशन हुने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।

यससँगै आइपीओ बाँडफाँड नतिजा हेर्न बेग्र प्रतिक्षारत लगानीकर्ताले नतिजा थाहा पाउन बाँडफाड भएपछि पनि अझै ५ घण्टा कुर्नुपर्ने देखिएको छ । सम्बन्धीत बिक्री प्रबन्धकले आइपीओ बाँडफाँड सम्बन्धी आवश्यक प्रकृया पूरा गरेपछि मात्र उपलब्ध गराइने सिडिएस एण्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

सम्बन्धीत अन्य समाचारहरुः-

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।