सिटिजन्स र तिनाउ मिसनको संयुक्त कारोबार सुरु


सिटिजन्स बैंक इन्टरनेसनलले तिनाउ मिसन डेभलपमेण्ट बैंकलाई खरिद प्रक्रिया अन्ते गरी संयुक्त कारोबार सुरु गरेको छ । बैंकको संयुक्त कारोबारको उद्घाटन सिटिजन्स बैंकका अध्यक्ष राजन सिंह भण्डारीले शनिबार गरेका हुन ।

बैंकले तिनाउलाई ९६ रुपैयाँ प्रति कित्ताका दरले खरिद गरेको हो । तिनाउलाई खरिद गरेपछि सिटिजन्स बैंकको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ । बैंकको निक्षेप १२७ अर्ब रुपैयाँ र ११३ अर्ब रुपैयाँ पुगेको छ । प्राप्ति पछि बैंकको कुल १६६ शाखा पुगेको छ ।

कार्यक्रममा बैंकका अध्यक्ष राजन सिंह भण्डारीले यो प्राप्तिपछि बैंकको वित्तीय सूचक, मानवश्रोत, प्राविधिक एवं अन्य क्षमता अभिवृिद्ध हुने बताए । आगामी दिनमा तिनाउ मिसन डेभलपमेण्ट बैंकका ग्राहकहरुले अझ बढी स्तरीय र परिस्कृत वित्तीय सेवाहरु प्राप्ति गर्ने भएको उनको भनाई छ ।

कार्यक्रममा सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले कर्मचारीहरुको उचित ब्यवस्थापन र दक्षता अभिवृद्धि गरी बैंकको व्यवसाय वृद्धिका लागि ठोस कार्यक्रमहरु संचनलन गर्ने बताए । बंैकको बढ्दो ब्यवसाय, शाखा÷सञ्जाल तथा अन्य स्रोतहरुबाट सृजित हुन सक्ने जोखिमहरु अध्ययन गरि पहिचान गर्ने तथा उचित व्यवस्थापन गर्नको लागि स्थापित जोखिम व्यवस्थापन संयन्त्रलाई थप प्रभावकारी बनाउँदै जाने उनको भनाइ छ । बैंकले तिनाउन खरिद गरेपछि करिव साढे ९ लाख ग्राहकलाइ बैंकिङ सेवा प्रदान गर्ने जानकारी पनि पोखरेलले दिए ।

२०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु गरेको बैंकले यसअघि पिपल्स फाइनान्स, नेपाल हाउसिङ्ग एण्ड मर्चेण्ट फाइनान्स र प्रिमियर फाइनान्सलाई प्राप्ति गरिसकेको छ । यसैगरी बैंकलेसहयोगी विकास बैंकलाई पनि खरिद गरिसकेको छ । बैंकले सिर्जना फाइनान्सलाई पनि खरिद गर्ने सम्झौता गरिसकेको छ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।