युनाइटेड इन्स्योरेन्सले संस्थापक शेयर हिस्सा ५१ प्रतिशतमा झार्दै

0
Shares

युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड (UIC) ले आफ्नो संस्थापक शेयरको हिस्सा घटाएर ५१ प््रतिशतमा झार्ने भएको छ ।

कम्पनीको २६ औं वार्षिक साधारण सभाबाट पारित भए बमोजिम संस्थापक शेयरको अनुपात ६० प्रतिशत रहेकोमा ५१ प्रतिशतमा कायम गर्ने भएको हो ।

संस्थापक शेयर सर्वसाधारण शेयरमा परिवर्तन गर्न नचाहने शेयरधनीलाई सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र निवेदन दिन आग्रह गरेको छ ।

कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथलीमा लिखित जानकारी गराउन सकिने कम्पनीले जनाएको छ ।

 

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।