सनराइज बैंकले पनि ल्यायो ई-कार्ड, ५०० डलरसम्म कारोबार गर्न सकिने

0
Shares

सनराइज बैंक लिमिटेड (SRBL) ले सनराइज ई–कार्ड सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैंकले उक्त कार्ड कार्ड सञ्चालनमा ल्याएको हो ।

नेपाल राष्ट्र बैंकले बैंकहरुलाई डलर कार्ड जारी गर्न पाउने व्यवस्था गरेसँगै बैंकहरुले प्रिपेड डलर कार्ड प्रदान गर्न थालेका हुन् । नबिल, एनएमबि, ग्लोबल आइएमई, माछापुच्छ्रे लगायतका बैंकहरुले यसअघि नै यस्तो कार्ड सञ्चालनमा ल्याइसकेको छन् ।

नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ सनराइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुविधा प्रदान गदै आएको छ । सो सुुविधा अन्तर्गत बैंकमा खाता भएका ग्राहकहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी डलर ५०० बराबरको कार्ड प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

सो ई–कार्ड मार्फत भारत बाहेक विश्वका अन्य मुलुकबाट वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकमर्स साइट मार्फत अनलाइन वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्न सकिनेछ ।

आफ्नो कार्ड मार्फत ग्राहकले एकै पटक वा पटक पटकगरी एक वर्षमा अमेरिकी डलर ५०० बराबरको कारोबार गर्न सकिने बैंकले जनाएको छ । सो ई–कार्ड प्रयोग गरि अनलाईनबाट प्रवाह हुने सुविधाहरु जस्तै युट्युब, फेसबुक, नेटफ्लिक्स रिचार्ज लगायत सामाजिक सञ्जाल मार्फत ग्राहकले आफ्नो व्यवसाय प्रवद्र्घन गर्न पनि सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।