एनएलजी इन्स्योरेन्सको संस्थापक शेयर साधारणमा रुपान्तरण

0
Shares

एनएलजी इन्स्योरेन्स (NLG) ले संस्थापक शेयरलाई साधारणमा रुपान्तरण गरेको छ ।

कम्पनीको गत मंसिर ५ गते सम्पन्न १४ औँ वार्षिक साधारण सभाले पारित गरे बमोजिम समूह ‘ख’ तर्फ रहेको शेयर सहज रुपमा खरीद बिक्री गर्ने व्यवस्था गर्ने निर्णय बमोजिम २० प्रतिशत संस्थापक शेयरमध्ये हाल कायम संस्थापक शेयरधनी तर्फको ९५ प्रतिशत शेयर सर्वसाधारणमा रुपान्तरण गरेको हो ।

समूह ‘ख’ को शेयर वितरण गर्ने प्रयोजनका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली दुबैको दफा ५ ‘ग’ भएको व्यवस्था बमोजिम हाल कायम रहेका संस्थापक शेयरधनीहरुको ९५ प्रतिशत सर्वसाधारण समुहमा समायोजन गरी डिम्याट खातामा पठाइएको हो ।

कम्पनीले २०७७ चैत्र ६ गतेसम्म शेयर अभौतिकीकरण गराउने संस्थापक शेयरधनीको शेयर साधारणमा परिवर्तन गरी कम्पनीले सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा गरिसकेको जनाएको छ ।

उक्त मितिपछि शेयर अभौतिकीकरण गराएका शेयरधनीलाई भने क्रमशः उक्त साधारण शेयर जम्मा हुने व्यवस्था मिलाइएको र शेयर धितो राखि कर्जा लिएका शेयरधनीले सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट ‘नो अब्जेक्सन लेटर’ का साथ शेयर रजिष्ट्रार आरबिबि क्यापिटलमा सम्पर्क गर्न सकिने जनाइएको छ ।

यस्तै हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीलाई आफ्नो शेयर अभौतिकीकरण गर्न समेत आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।