नबिल बैंक पाचौं पटक सबैभन्दा बढि आयकर तिर्ने बैंकको रुपमा सम्मानित

0
Shares

नबिल बैंक आर्थिक वर्ष २०७५/७६ मा पनि बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने बैंकको रुपमा सम्मानित भएको छ । बैंकलाई आन्तरिक राजश्व विभागले सम्मान पत्र हस्तान्तरण गरेको हो ।

पछिल्लो १० वर्षमा नबिल बैक उच्च कर भुक्तानी गर्नेमा पाँचौ पटक उत्कृष्ट भएको हो । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर सरकारलाई तिरेको थियो ।

विभागले गत मंसिरमा कर दिवसको अवसर पारेर बैंकलाई बैंकहरुमध्ये सबैभन्दा बढि कर्पाेरेट ट्याक्स जम्मा गर्ने सुचीमा नबिल बैंकलाई राखेको थियो । मंसिरमा कोभिडको भय र तिहारको समय भएकाले औपचारिक कार्यक्रम भने भएको थिएन ।

समृद्ध मुलुक निर्माणका लागि बैंकले आफ्नो तर्फबाट सरकारलाई योगदान पु¥याएकोमा गर्व महसुस गरेको जनाएको छ । बैंकले व्यापार प्रबर्धन, रोजगारी सिर्जना र ट्याक्सको रुपमा राज्यको योगदानमा केन्द्रित रहेको छ ।

नबिल बैंक मुलुकको धेरै बैंकिङ गतिविधिहरुको लागि पायोनियर बैंक हो । बैंकको गतिविधिमार्फत अर्थव्यवस्थालाई उकास्ने मात्र गरेको छैन । जनताको जीवन यापन र उनीहरुको आर्थिक बृद्धिलाईसमेत व्यापक पहु“च पुराइरहेको छ ।

नेपालको निजी क्षेत्रको अग्रणी बैंक नबिलले हालसम्म राज्यलाई १५ अर्ब ६ करोड रुपैयाँ कर बुझाएको छ । यो भनेको बैंकको कुल पूँजीको १ दशलमव ५ ‘टाइम्स’ बढी हो ।

नेपालको निजी क्षेत्रको पहिलो बैंक नबिलले आफ्ना लगानीकर्तालाई हालसम्म १ हजार ८ सय ७५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।
बैंकिङ क्षेत्रमा सबैभन्दा बढी कर तिर्ने बैंकको परिचय बनाएको बैंकले आफ्ना राज्य र लगानीकर्तालाई आर्थिक योगदान पु¥याउ“दै आफ्नो व्यवसाय र सेवा तीव्र विस्तार गर्दै अगाडि बढिरहेको छ ।

स्थापना भएदेखि हालसम्म बैंकले १ हजार ८७५ प्रतिशत लाभांश वितरण गरेको हो ।

बेलायतको प्रतिष्ठित पत्रिका यूरोमनीले लगातार दोस्रो पटक पनि नबिल बैंक लिमिटेडलाई ‘नेपालको उत्कृष्ट बैंक’ द्वारा पुरस्कृत गरिसकेको छ । र हालै ग्रोथ सेलरमार्फत कर्मचारी अनुभवमा उत्कृष्ट अवार्ड पनि प्राप्त गरेको छ ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।