ज्योती लाइफको ९० कित्ता शेयर अधिकतम मूल्यमा कारोबार


ज्योती लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुरु भएको छ । पहिलो दिन बुधबार इन्स्योरेन्सको प्रतिकित्ता शेयर ३६० रुपैंयामा किनबेच भएको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्सेले दिएको कारोबार संकेत JLI मा ज्योती लाइफको शेयर कारोबार सुरु भएको हो ।

स्पेशल प्रि ओपनिङमा इन्स्यारेन्सको प्रतिकित्ता शेयर तोकिएको रेञ्जको उच्चतम मूल्यमा कारोबारमा आएको हो ।

यस दौरान १० कित्ताका दरले ९ कारोबारमा इन्स्योरेन्सको ९० कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेले इन्स्योरेन्सको पहिलो कारोबारका लागि १२० रुपैंया २९ पैसादेखि ३६० रुपैंया ८७ पैसोको ओपनिङ रेञ्ज तोकेको थियो ।

दोस्रो बजारमा शेयर कारोबारका लागि कम्पनीले मंगलबार ६६ लाख कित्ता आईपीओ सहित कुल २ करोड २० लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत गरेसँगै आजदेखि कारोबार खुलेको हो ।

ज्योति लाइफले फागुन २१ गतेदेखि २६ गतेसम्म कुल ६६ लाख कित्ता प्राथमिक शेयर निष्काशन गरेको थियो । जसमध्ये ३ लाख ३० हजार कित्ता १२ वटा सामुहिक लगानी कोषका इकाईलाई र ३ लाख ३० हजार कित्ता शेयर ज्योति लाइफमा कार्यरत ३१४ जना कर्मचारीलाई सुरक्षित गरी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

उक्त शेयर गोलाप्रथाबाट ५ लाख ९४ हजार जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । कम्पनीको शेयर चैत १३ गते शुक्रबार बाँडफाँड भएको थियो ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।