मानवताको लागि सहयोग नेपालको ‘कापी–कलम अभियान’ शुरु, झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण

0
Shares

मानवताको लागि सहयोग नेपाल (एचएचएन) ले कापी किताव अभियान शुरु गरेको छ । गैह्र नाफा मुलक संस्था एचएचएनले ‘हाम्रो इच्छा, सबैलाई शिक्षा’ नाराका साथ अभियान शुरु गरेको हो ।

त्यस अभियान अन्र्तगत संस्थाले काठमाडौंको झोरमा रहेको झोर महांकाल माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको छ । संस्थाले विद्यालयमा आवश्यक पर्ने शैक्षिक सामाग्री तथा इसीडी कक्षाको लागि ¥र्याक हस्तातरण गरेको हो ।

शैक्षिक सामाग्री हस्तान्तरण गर्दै संस्थाका अध्यक्ष मुधुसूदन ध्वज खड्काले सहयोग गर्न पाउँदा निकै खुशी भएको बताए । उनले भने, ‘यस विद्यालयलाई सहयोग गर्न पाउँदा संस्थालाई निकै हौसला मिलेको र आगामी दिनहरुमा पनि यस्तो कार्यलाइ निरन्तरता दिनेछौं ।’

यस्तै विद्यालयका सहायक प्रधानध्यापक रमेश कुमार अधिकारीले संस्थाको सहयोग प्रति कृतज्ञता व्यक्त गरे । ‘एचएचएन संस्थाले हाम्रो विद्यालयको इसीडी कक्षाको पुननिर्माणको लागि आवश्यक सामाग्री उपलब्ध गराउनु भएको छ । त्यसको लागि म हाम्रो विद्यालय संस्था प्रति आभारी छु ।’ उनले भने ।

कापी कलम अभियानको उदेश्य आर्थिक रुपमा कमजोर रहेका विद्यार्थीहरुलाई आवश्यक पर्ने शैक्षिक सामाग्री वितरण गर्ने रहेको संस्थाका अध्यक्ष खड्काले प्रष्ट पारे ।

?  समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।